शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जन्मदिनमा नेयमार फेरि घाइते

मङ्गलबार, २१ माघ २०७६, ०९ : १२
मङ्गलबार, २१ माघ २०७६

ब्राजिल एवम् पेरिस सेन्ट जर्मन (पीएसजी) का सुपरस्टार नेयमार आफ्नो जन्मदिनताका ‘घाइते’ हुने शृङ्खला यो वर्ष पनि दोहोरिएको छ ।

करङ्गमा चोट लागेको भन्दै नेयमारलाई मङ्गलबार हुने नान्टेसविरुको टोलीमा समावेस गरिएको छैन । गत शनिबार मोन्टिपेलियरबिरुद्धको खेलमा नेयमार घाइते भएको बताइएको छ । पीएसजीले सोमबार नेयमारको स्वास्थ्य परिक्षण गरेको थियो ।

रोचक कुरा, दुई दिनअघि मात्र नेयमार आफ्नो जन्मदिनको भव्य पार्टीको आयोजना गरेका थिए ।

नेयमार बुधबार २८ वर्ष पुग्दैछन् । नेयमारले आफ्नो जन्मदिन भव्यरुपमा मनाउने गरेका छन् । सन् २०१९ मा उनले ५ सय जनालाई आफ्नो जन्मदिनको पार्टीमा आमन्त्रित गरेका थिए ।

संयोग मान्नुपर्छ, बार्सिलोनाका पूर्व खेलाडी पीएसजी आएपछि आफ्नो हरेक जन्मदिनमा घाइते हुने गरेका छन् । सन् २०१८ र २०१९ मा  खुट्टामा लागेको चोटका कारण धेरै समय मैदानबाहिर बिताउन बाध्य बनेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप