सगरमाथासहित छवटा हिमाल सफा गरिँदै
मङ्गलबार, २१ माघ २०७६, ०६ : ३७
नेपालको छवटा हिमाल एकैपटक सफा गरिने भएको छ । अत्यधिक पर्यटकको आकर्षणमा रहेका विश्वको सर्वोच्च शिखर सगरमाथा, ल्होत्से, मकालु, धवलागिरि, पुमोरी र आमादब्लम हिमाल एकैपटक सफा गरिन लागिएको हो ।
नेपाल सरकारले ‘नेपाल भ्रमण वर्ष २०२०’को अवसर पारेर हिमाल सफाइ गर्न लागेको हो । करिब आठ करोड ५९ लाख ९३ हजार रुपियाँको लागतमा हिमालको सफाइ गरिनेछ ।
वन तथा वातावरण मन्त्रालयको वातावरण विभागका प्रवक्ता इन्दुविक्रम जोशीले नेपालका हिमाल स्वच्छ र सफा छन् भन्ने सन्देश दिन छवटा मुख्य हिमाल एकैपटक सफा गरिन लागेको बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा चाँदनी हमालले लेखेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ ‘हेल्लो काँशीराम’ को गीत ‘झ्यामकी मादल झ्याम’
-
वैशाख १७ गते जनमत र नागरिक उन्मुक्ति पार्टीबिच एकता घोषणा हुने
-
अमेरिकाबाट डिपोर्ट भई नेपाल प्रहरीको हिरासतमा रहेका चार भुटानी शरणार्थीको मुद्दामा सुनुवाइ सकियो
-
पहिरोले मकालु र भोटखोला गाउँपालिकामा सडक अवरुद्ध
-
डाक्टर र प्रहरीबिच धकेलाधकेल, तस्बिरमा हेर्नुहोस्
-
२३ औँ दिनको आन्दोलनमा शिक्षक, छाता ओढेर सडकमा (तस्बिरहरू)