गणितदेखि त्रसित भई स्कूलबाट भागीभागी हिँड्ने अल्लारेबाट कसरी ठूला लेखक बने ?
हिन्दी र उर्दू भाषामा लेख्ने भारतका प्रख्यात लेखकहरुमध्ये सबैभन्दा ठूलो नाम हो– प्रेमचन्द । सानोमा नवाब राय र धनपत रायका रुपमा परिचित प्रेमचन्द गणितदेखि त्रसित भई स्कूलबाट भागीभागी हिँड्ने अल्लारेबाट कसरी ठूला लेखक हुनुभयो भन्ने कुरा धेरैलाई रोचक र प्रेरक हुनसक्छ ।
३१ जुलाई, १८८० मा बनारसबाट चार मील टाढा रहेको ‘लमही’ नामक एउटा गाउँमा जन्मिएका प्रेमचन्दका पिता हुलाकका निम्न तहका कर्मचारी हुनुहुन्थ्यो । ८ वर्षको कलिलो उमेरमै आफ्नी प्यारी आमा गुमाएका प्रेमचन्दको बाल्यकाल निक्कै कठिनाइपूर्ण थियो । आमा बितेकै वर्ष उहाँलाई मुसलमानहरुको स्कूल–मदरसाका एकजना मौलवी (गुरु)कहाँ पढ्न पठाइएको थियो । तर मदरसामा जानुभन्दा पनि डण्डीबियोको खेल, नदीनालातिरको घुमफिर र माछा मार्ने अनि आँप चोर्नेजस्तो मनपरी काम गर्न रुचाउने प्रेमचन्दको हेरचार यथार्थमा राम्ररी हुन सकेन । त्यसैले १२ वर्षको उमेरमै बीडी र चुरोट खान पल्केका प्रेमचन्दले आवारा–अल्लारेको जीवनतिर पाइला टेक्नै लागेको बेला अनौठो ढंगले किताबको संगत भयो, जसले उहाँको जीवनमा उथलपुथल नै ल्याइदियो ।
दुई–तीन महिनामा सरुवा भई अनेक शहर–गाउँ चहार्नु पर्ने जागिर भएका आफ्ना पितासँगको यात्राको क्रममा १३ वर्षको उमेरमा गोरखपुरमा एकजना किताव पसलेसँग उहाँको परिचय भयो । बुद्धिलाल नामक उक्त पसलेकहाँ जाँदाजाँदै उपन्यासहरु पढ्ने बानीले उहाँमा धेरै नै परिवर्तन ल्यायो ।
दुई–तीन महिनामा सरुवा भई अनेक शहर–गाउँ चहार्नु पर्ने जागिर भएका आफ्ना पितासँगको यात्राको क्रममा १३ वर्षको उमेरमा गोरखपुरमा एकजना किताव पसलेसँग उहाँको परिचय भयो । बुद्धिलाल नामक उक्त पसलेकहाँ जाँदाजाँदै उपन्यासहरु पढ्ने बानीले उहाँमा धेरै नै परिवर्तन ल्यायो । बिस्तार–बिस्तारै उपन्यासमै डुब्ने प्रवृत्ति विकसित भएपछि उहाँले मौलाना शरर, पं.रतननाथ ‘सरशार’, मिर्जा रुसवा र मौलवी मुहम्मद अलीजस्ता उर्दू भाषाका त्यसबेलाका सबैभन्दा लोकप्रिय उपन्यासकारहरुका भेट्टिएजति किताबहरु चाट्न थाल्नुभयो । उपन्यास पढ्न पाएपछि स्कूलको अध्ययन, खाना र निद्रा सबै भुल्ने किताबका कीरा बनेका प्रेमचन्दले त्यहाँका सयौं उपन्यासहरुको अध्ययन सक्याएपछि उर्दू भाषामा अनूदित पुराण, भूतप्रेत–टुनामुनाले भरिपूर्ण ३४ हजार पृष्ठ भएको ‘तिलस्मी होशरुवा’का काल्पनिक कथाहरुसमेत पढ्न भ्याउनुभएको थियो ।
किताब पसले बुद्धिलालसँगको संगतले उहाँमा किताबप्रतिको तीब्र भोकमात्रै जगाएको होइन, किताबको अध्ययनसँगै लेखनको तिर्खा पनि पैदा गरेको थियो । पढ्ने–लेख्ने सोखले उहाँलाई अति नै डरलाग्दो त्यस्तो भुमरीमा फस्ने संभावनाबाट बचाउने काम गरेको थियो; जुन भुमरीमा उहाँमा व्याप्त भएको एक्लोपन र अल्लारेपनाले धकेल्न थालिसकेको थियो ।
किताब पसले बुद्धिलालसँगको संगतले उहाँमा किताबप्रतिको तीब्र भोकमात्रै जगाएको होइन, किताबको अध्ययनसँगै लेखनको तिर्खा पनि पैदा गरेको थियो । पढ्ने–लेख्ने सोखले उहाँलाई अति नै डरलाग्दो त्यस्तो भुमरीमा फस्ने संभावनाबाट बचाउने काम गरेको थियो; जुन भुमरीमा उहाँमा व्याप्त भएको एक्लोपन र अल्लारेपनाले धकेल्न थालिसकेको थियो ।
वास्तवमा किताबहरुले उहाँलाई एक्लोपनाबाट मुक्त गरे । र, कथा–उपन्यासका कल्पनाहरुको उडान र विचारहरुको गहिराइले उहाँलाई बरालिएर हिँड्ने सोंख पनि अर्कै ढंगले पूरा गरे । त्यसमाथि १३ वर्षको कलिलो उमेरमा साहित्य रचना गर्ने सोंख पूरा गर्न थालेपछि उहाँको बरालिएको जीवनमा नयाँ मोड आयो । र, अन्तमा जीवन र जगतको निरन्तर अध्ययन र अविराम लेखनकै आधारमा प्रेमचन्द भारत र भारतभन्दा बाहिर पनि विख्यात हुनुभयो ।
Title Photo: https://i.dawn.com
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आज तरकारी तथा फलफूलको मूल्यसूची
-
विद्यार्थीलाई ‘ज्याकेट’ वितरण
-
लाभा सहकारीमा मिटरब्याजको धन्दा, ब्याज तिर्दातिर्दै थाके ऋणी
-
गोरखा नगरपालिकाद्वारा ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ सेवा
-
बेलढुङ्गा–पञ्चकोट साइकल लेन : बजेट अभावले काम रोकियो
-
मृत अवस्थामा फेला परेकी तिनमायाको हत्या ज्वाइँले गरेको खुल्यो