मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

आकाशियो लसुनको भाउ, प्रतिकिलो २०० ले बढ्यो

मङ्गलबार, २१ माघ २०७६, ०६ : ३०
मङ्गलबार, २१ माघ २०७६

सरकारले नेपाल–चीन सिमाना बन्द गर्दा उत्तरी छिमेकबाट आयात हुने लसुनको आयातमा कमी आउनुका साथै यसको मूल्य पनि आकाशिएको छ । 

काठमाडौंमा लसुनको मूल्य प्रतिकिलो रू. २०० ले बढेको छ । काठमाडौंको बजारमा पुसको तेस्रो सातासम्म प्रतिकिलो रू. २५० रहेको सुकेको लसुनको औसत मूल्य अहिले बढेर रू. ५५० पुगेको छ । 

पछिल्लो समय चीनबाट लसुनको आयात घटेको कालिमाटी फलफूल तथा तरकारी विकास समितिले बताएको छ । समितिका अनुसार पुस महीनामा चीनबाट २५० टन चिनियाँ लसुन आयात भएकोमा माघ महीनामा हालसम्म मात्र ९८ टन आयात भएको छ । 

गत सातादेखि आयात नै ठप्प भएकाले यसले बजारमा थप प्रभाव पार्न सक्ने समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताए । श्रेष्ठका अनुसार यो समयमा अन्यत्रबाट लसुनको आयात कम हुने भएकाले बजारमा चिनियाँ लसुन बढी हुने गर्छ । आयात यसैगरी प्रभावित भए यो मूल्य अझै बढ्न सक्ने श्रेष्ठ बताउँछन् । भन्सार विभागको तथ्यांकअनुसार यस आवको पहिलो ६ महीनामा चीनबाट रू. ५४ करोड ५२ लाख बराबरको  ५०७८ टन लसुन आयात भएको छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप