चीनमै रोकिए ३०० भन्दा बढी कन्टेनर

कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि नेपाल–चीन सिमानामा आवागमनमा रोक लगाइँदा नेपाली व्यापारीका ३०० भन्दा बढी कन्टेनरहरू रोकिएका छन् । नेपाल–हिमालय सीमापार वाणिज्य संघका अनुसार चीनको केरुङ र खासामा यी कन्टेनर रोकिएका हुन् ।
चीनमा रोकिएका ती कन्टेनरमा रू. ३ अर्बभन्दा बढीका वस्तु तथा सामग्री रहेको संघका अध्यक्ष बच्चु पौडेलले बताए । सरकारले रसुवाको रसुवागढी नाका र सिन्धुपाल्चोकको तातोपानी नाका माघ १५–३० सम्म १५ दिनका लागि बन्द गरेको छ ।
चीनसँग व्यापार–व्यवसाय गर्दै आएका नेपालका व्यवसायीहरू अहिले रोकिएका कन्टेनरहरू कुर्दै सीमावार बसेका छन् । ‘६ फेब्रुअरी (माघ २३) सम्म चीनमा अड्किएका सामग्रीहरू आयात खुला हुने जानकारी आएको भए पनि तत्कालको अवस्था हेर्दा यो समय लम्बिन सक्छ,’ पौडेलले बताए । यो समाचार आजको आर्थिक अभियान दैनिकमा हिमा वि.क.ले लेखेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बौद्धिक सम्पत्तिको दर्तालाई प्रोत्साहन गर्नुपर्छ : अध्यक्ष ढकाल
-
‘एक्सेलेरेट एक्सन’ : महिला कलाकारको उद्घोष
-
‘द ग्रेट ग्याट्सबाइ’ को सय वर्ष
-
कलैयाका एक दर्जन निजी अस्पताल तत्काल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन
-
नवराज सुवेदीलाई भेट्न निवास पुगे लिङ्देन
-
माओवादी विराटनगर कमिटीको निर्वाचन : देव राजवंशीको प्यानल विजयी