बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गोहीले पेटमा ढुंगा बोकेको हुन्छ, जसले जाँतोको काम गर्छ !

मङ्गलबार, २१ माघ २०७६, ०० : ०९
मङ्गलबार, २१ माघ २०७६


शीर्षक पढ्दा तपाईंलाई अवश्य पनि आश्चर्य लाग्न सक्छ– कस्तो अचम्म  गोहीले पनि कतै पेटमा ढुंगा बोकेको हुन्छ र ? तर आश्चर्य नमान्नुहोस् यो कुरा शतप्रतिशत साँचो हो ।

एउटा वयस्क गोहीले आफ्नो पेट (आमाशय) मा आफ्नो शरीरको तौलको एक प्रतिशत जति ढुंगा बोकेको हुन्छ ।

तपाईंलाई अवश्य पनि जान्न मन लाग्ला– त्यसरी गोहीले पेटमा ढुंगा बोक्नुको कारण चाहिँ के होला त ? वास्तवमा, त्यो ढुंगाले गोहीलाई खाना पचाउन मद्दत गर्छ ।

गोहीको आमाशयमा दुईवटा खण्ड हुन्छन् । ठूलो खण्डमा चाहिँ अत्यन्तै मसिना स–साना चिल्ला ढुंगाहरु (Pebbles) रहेका हुन्छन् ।

जब गोहीले खानेकुरा खान्छ, यसले आफ्नो तीखो दाँतले शिकारलाई च्यात्छ र निल्छ । रमाइलो कुरा के छ भने गोहीले शिकारलाई लुछेर निल्न त सक्छ तर चपाउन भने सक्दैन । अर्थात् गोहीले आफ्ना शिकारलाई लुछेर ठूलो चोक्टा नचपाइकन नै निल्ने गर्छ । त्यसरी निलेको चोक्टा आमाशयमा पुगेपछि त्यहाँ पाचन रसहरुले त्यसलाई गलाउन थाल्छन् ।

यसबीचमा गोहीले पटक पटक शरीरलाई ढाड र पेटतिर फन्फन्ती घुमाउँदै फन्को लगाइरहेको हुन्छ । त्यो प्रक्रियासँगसँगै  आमाशयमा रहेका ढुंगाहरु पनि भोजन वरिपरि घुमेर त्यसलाई जाँतोले झै पिध्न थाल्छन् । फलस्वरुप, गोहीले त्यसरी खाएको खानेकुरालाई सहजै पचाउन मद्द गर्छ ।

यसबाहेक, गोहीको शरीरमा रहेका ती ढुंगाहरुले गोहीलाई लामो समयसम्म पानीमा डुबेर बस्न समेत मद्दत गर्छ भन्ने विश्वास गरिन्छ ।

Title photo: https://www.geek.com

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप