अब २ हजारमै हवाइजहाजमा पोखरा

काठमाडौँ । निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले पोखरा–काठमाडौँसम्मका लागि भाडा दर रु दुई हजार ६०० कायम निर्धारण गरेको छ ।
काठमाडौँ–पोखराका लागि भने रु दुई हजार भाडा कायम गरिएको कम्पनीले आज विज्ञप्तिमार्फत जनाएको छ ।
आन्तरिक उडानमा आक्रमक रुपमा बजार विस्तार गरिरहेको श्रीले पोखरा–काठमाडौँको भाडा दर अहिलेसम्म कै सबैभन्दा कम राखेको हो । पोखरामा एकाधिकार जमाएका दुई ठूला वायुसेवा प्रदायक कम्पनी बुद्ध एयर र यती एयरलाइन्सको पोखराबाट काठमाडौँ आउँदा रु पाँच हजार ५० सम्म भाडा दर थियो ।
श्रीले यही शुक्रबारदेखि पोखरामा टर्वोपर्प जहाजबाट सेवा दिने भएको छ । कम्पनीको ८० सिट क्षमताको जहाजले यसअघि नै परीक्षण उडान सफल गरिसकेको छ । साना एयरपोर्टबाट सेवा दिने उद्देश्यले श्रीले केही महिनाअघि नयाँ टर्बोप्रोप क्यू–४०० जहाज भित्र्याएको थियो ।
श्री एयरलाइन्सका संस्थागत प्रबन्धक अनिल मानन्धरले पर्यटकीय क्षेत्रको व्यावसायिक सम्भावना तथा यात्रुको सुविधालाई मध्यनजर गरी पोखरामा सेवा विस्तार गर्न लागिएको बताए । खासगरी, जनकपुर, सिमरा, भरतपुर, पोखरालगायत साना एयरपोर्टबाट सेवा दिने गरी यी जहाज ल्याइएको हो ।
श्रीले अहिले भद्रपुर, विराटनगर, भैरहवा, नेपालगञ्ज र धनगढीमा उडान भर्दै आएको छ । कम्पनीसँग सिआरजे २०० र दुई सिआरजे ७०० गरी पाँच जहाज छन् । एयरलाइन्सले सन् २०१७ देखि फिक्स्ड विङबाट नियमित उडान शुरु गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशमा अध्ययन पुरा नगरेकालाई काठमाडौँ विश्वविद्यालयले पुनः पढ्न दिने
-
उत्तर कोरियाली ह्याकरले एकै पटकमा चोरे डेढ अर्ब डलरको क्रिप्टोकरेन्सी
-
महाशिवरात्रिका तीनवटै फिल्मको बुकिङ खुल्ला, कसले कति पाए शो ?
-
यस्तो कीर्तिमान बनाउने विश्वकै पहिलो क्रिकेटर बने न्युजिल्यान्डका रचिन रवीन्द्र
-
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
-
एउटै सामुदायिक विद्यालयमा एकै परिवारका चार जनाको हालीमुहाली