शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अब २ हजारमै हवाइजहाजमा पोखरा

सोमबार, २० माघ २०७६, २२ : १०
सोमबार, २० माघ २०७६

काठमाडौँ । निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले पोखरा–काठमाडौँसम्मका लागि भाडा दर रु दुई हजार ६०० कायम निर्धारण गरेको छ ।
 काठमाडौँ–पोखराका लागि भने रु दुई हजार भाडा कायम गरिएको कम्पनीले आज विज्ञप्तिमार्फत जनाएको छ ।

    आन्तरिक उडानमा आक्रमक रुपमा बजार विस्तार गरिरहेको श्रीले पोखरा–काठमाडौँको भाडा दर अहिलेसम्म कै सबैभन्दा कम राखेको हो । पोखरामा एकाधिकार जमाएका दुई ठूला वायुसेवा प्रदायक कम्पनी बुद्ध एयर र यती एयरलाइन्सको पोखराबाट काठमाडौँ आउँदा रु पाँच हजार ५० सम्म भाडा दर थियो । 

श्रीले यही शुक्रबारदेखि पोखरामा टर्वोपर्प जहाजबाट सेवा दिने भएको छ । कम्पनीको ८० सिट क्षमताको जहाजले यसअघि नै परीक्षण उडान सफल गरिसकेको छ । साना एयरपोर्टबाट सेवा दिने उद्देश्यले श्रीले केही महिनाअघि नयाँ टर्बोप्रोप क्यू–४०० जहाज भित्र्याएको थियो । 

    श्री एयरलाइन्सका संस्थागत प्रबन्धक अनिल मानन्धरले पर्यटकीय क्षेत्रको व्यावसायिक सम्भावना तथा यात्रुको सुविधालाई मध्यनजर गरी पोखरामा सेवा विस्तार गर्न लागिएको बताए ।  खासगरी, जनकपुर, सिमरा, भरतपुर, पोखरालगायत साना एयरपोर्टबाट सेवा दिने गरी यी जहाज ल्याइएको हो ।  

    श्रीले अहिले भद्रपुर, विराटनगर, भैरहवा, नेपालगञ्ज र धनगढीमा उडान भर्दै आएको छ । कम्पनीसँग सिआरजे २०० र दुई  सिआरजे ७०० गरी पाँच जहाज छन् । एयरलाइन्सले सन् २०१७ देखि फिक्स्ड विङबाट नियमित उडान शुरु गरेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप