केन्द्रीय संस्करण

नोकिया सी१ स्मार्टफोन अब नेपाली बजारमा

person explore access_timeमाघ २०, २०७६ chat_bubble_outline0

काठमाडौं– नयाँ नोकिया  स्मार्टफोन सी१ नेपाली बजारमा उपलब्ध भएको छ । 

३६५ दिनको रिप्लेसमेन्ट सुबिधा भएको यस स्मार्टफोनको बजार मुल्य ६,४९९ रहेको छ । नोकिया मोबाइलको नेपालको लागि आधिकारीक वितरक टेलिटकले बेस्ट बजेट स्मार्टफोन भएकाले नोकिया सी१ ग्राहकहरुद्वारा अत्याधिक रुचाउने विश्वास व्यक्त गरेको छ । 

यस फोनमा १जीबी, १६जीबीको स्टोरेज रहेको छ, जसमा माइक्रो एसडी ६४जीबीसम्मको प्रयोग गर्न सकिनेछ । नोकिया सी१ मा २५०० एमएएच रिमुभेबल ब्याट्री रहेको छ । नोकिया सी१ रकेटमा एफएम रेडियो र डुअल सीम राख्न सकिन्छ ।

यसमा एलटीई सपोर्ट नभएर ३जी सपोर्ट रहेको छ । र साथै यसले वाइफाई ४ सपोर्ट गर्दछ  । यो फोनको मुख्य फोकस एन्ड्रोइड ९ गो संस्करणमा राख्न सकिन्छ । यसले डेटा प्रयोग घटाउन मद्दत गर्दछ जुनप्रविधि स्मार्टफोनकालागि राम्रो कुरा हो ।

साथै कम्पनीले नोकियाको बार फोनहरुमा पनि ३६५ दिन को ग्यारेन्टी सुबिधा दिएको छ । यी फोनहरु गुणस्तरीय, बलियो र आकर्षक देखिन्छन् ।  
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.