शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

च्यासलसँग हार्‍यो मनाङ

सोमबार, २० माघ २०७६, १८ : ००
सोमबार, २० माघ २०७६

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन उपाधि होडमा रहेको साविक विजेता मनाङ मस्र्याङ्दी क्लब च्यासलसँग स्तब्ध बनेको छ । एन्फा कम्प्लेक्स मैदानमा सोमबार भएको खेलमा मनाङ च्यासलसँग २–० गोलले पराजित भयो ।
 लिगमा मनाङको यो पहिलो हार हो । यसहारले मनाङको उपाधि यात्रामा धक्का लागेको छ । मनाङको हारले उपाधिको दौडमा रहेका त्रिभुवन आर्मी क्लब र मच्छिन्द्र क्लबलाई फाइदा पुगेको छ । 

च्यासलको जितमा जापानी खेलाडी ताइगा नाकामुरा र सन्तोष साहुखलले एक एक गोल गरे । पहिलो र दोस्रो हाफमा एक एक गोल गरेको च्यासलका लागि नाकामुराले २४औं मिनेटमा पहिलोगोल गरेका थिए । नाकामुराले डिबक्स छेउबाट फ्रिकिक मार्फत सोझै गोल गरेका थिए । च्यासलले इन्जुरी समयमा अर्को गोल थपेको हो ।

 कप्तान सन्तोषले नाकामुराले उपलब्ध गराएको पासमा पोस्ट् नजिकबाट गोल गरेका थिए । च्यासलका जापानी खेलाडी हायातो वाकिनो म्यान अफ दी म्याच भए ।  उनले १० हजार रुपैयाँ पाए । 

हारसँगै तेस्रो स्थानमा रहेको मनाङको १० खेलबाट १७ अंक छ । मनाङलाई हराएको च्यासल समान खेलबाट १२ अंक जोड्दै नवौं स्थानमा उक्लिएको छ । शीर्ष स्थानमा रहेको आर्मीको २३ अंक छ । दोस्रो स्थानमा रहेको मच्छिन्द्रको २२ अंक छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप