नेपालीलाई स्वदेश ल्याउनुअघि चीनमा स्वास्थ्य परीक्षण : संक्रमण देखिएकाहरुलाई चीनमै राखेर उपचार गरिने
चीनमा रहेका नेपालीहरुको स्वास्थ्य परीक्षण गरेर मात्रै स्वदेश ल्याउने तयारी भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल फर्किनका लागि आइतबार बिहानसम्म १८० जनाले फारम भरेको र उनीहरु सबैको स्वास्थ्य परीक्षण गरी स्वदेश ल्याइने जनाएको छ ।
मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले फारम भरेका सबैको स्वास्थ्य परीक्षण हुने बताए । परीक्षणका क्रममा संक्रमण देखिएकाहरुलाई चीनमै राखेर उपचार गरिने उनले जनकारी दिए । ‘त्यहाँ पनि सबैको स्वास्थ्य जाँच हुन्छ । यदि पोजेटिभ देखियो भने चीनले पठाउँदैन त्यही उपचार हुन्छ । बाँकी अन्यलाई फिर्ता गरीन्छ’, उनले भने ।
अहिलेसम्म सबै सुरक्षीत रहेको पनि प्रवक्ता श्रेष्ठले प्रस्ट पारे ।
नेपाल फर्काएपछि उनीहरुलाई क्वारेन्टाइनमा राखिने उउनले बताए ।
‘क्वारेन्टाइनमा स्वस्थ मान्छेलाई राखिन्छ । उहाँहरु सबै स्वस्थ हुनुहुन्छ । आइसोलेसनमा हो संक्रमितमा राख्ने’, श्रेष्ठले भने ।
मन्त्रालयले उनीहरुलाई राख्ने ठाउँको पहिचान भइरहेको जनाएको छ । मंगलबर बेलुकीसम्म ठाउँ एकिन हुने प्रवक्ता श्रेष्ठले बताए ।
मन्त्रालयले तीन तहमा समिति बनाएर अध्ययन गरीरहेको बताउँदै उनले फर्काइएका नेपालीलाई दुई सातासम्म क्वारेन्टाइनमा राखिने बताए । यसअघि वुहानबाट फर्किका एक जनामा संक्रमण देखिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
७ दशकदेखि स्वाद चखाउँदै धनकुटे नरिवल बिस्कुट
-
प्रदेशको शान्ति सुरक्षा र विपद् व्यवस्थापनमा उच्चतम प्रयास भएको छ : मुख्यमन्त्री पाण्डे
-
३६७ किलो गाँजासहित ५ जना प्रहरीको नियन्त्रणमा
-
बागमतीका औद्योगिक ग्राम अलपत्र : न स्रोत छ, न व्यवस्थापन
-
पोखरामा निर्माण भएको गोदामघर प्रदेशलाई हस्तान्तरण
-
औद्योगिक ग्रामका लागि विधिवत् ढङ्गले अध्ययन भएको देखिएन : मन्त्री तामाङ