शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालीलाई स्वदेश ल्याउनुअघि चीनमा स्वास्थ्य परीक्षण : संक्रमण देखिएकाहरुलाई चीनमै राखेर उपचार गरिने

सोमबार, २० माघ २०७६, १७ : ५२
सोमबार, २० माघ २०७६

चीनमा रहेका नेपालीहरुको स्वास्थ्य परीक्षण गरेर मात्रै स्वदेश ल्याउने तयारी भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल फर्किनका लागि आइतबार बिहानसम्म १८० जनाले फारम भरेको र उनीहरु सबैको स्वास्थ्य परीक्षण गरी स्वदेश ल्याइने जनाएको छ । 

मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले फारम भरेका सबैको स्वास्थ्य परीक्षण हुने बताए ।  परीक्षणका क्रममा संक्रमण देखिएकाहरुलाई चीनमै राखेर उपचार गरिने उनले जनकारी दिए । ‘त्यहाँ पनि सबैको स्वास्थ्य जाँच हुन्छ । यदि पोजेटिभ देखियो भने चीनले पठाउँदैन त्यही उपचार हुन्छ । बाँकी अन्यलाई फिर्ता गरीन्छ’, उनले भने । 

अहिलेसम्म सबै सुरक्षीत रहेको पनि प्रवक्ता श्रेष्ठले प्रस्ट पारे । 

नेपाल फर्काएपछि उनीहरुलाई क्वारेन्टाइनमा राखिने उउनले बताए । 

 ‘क्वारेन्टाइनमा स्वस्थ मान्छेलाई राखिन्छ । उहाँहरु सबै स्वस्थ हुनुहुन्छ । आइसोलेसनमा हो संक्रमितमा राख्ने’, श्रेष्ठले भने । 

मन्त्रालयले उनीहरुलाई राख्ने ठाउँको पहिचान भइरहेको जनाएको छ । मंगलबर बेलुकीसम्म ठाउँ एकिन हुने प्रवक्ता श्रेष्ठले बताए । 

मन्त्रालयले तीन तहमा समिति बनाएर अध्ययन गरीरहेको बताउँदै उनले फर्काइएका नेपालीलाई दुई सातासम्म क्वारेन्टाइनमा राखिने बताए ।  यसअघि वुहानबाट फर्किका एक जनामा संक्रमण देखिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप