बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नायिका प्रियंका कार्कीको फोटो राखेर बार्सिलोनाले भन्यो–वी लभ नेपाल

सोमबार, २० माघ २०७६, १७ : ३३
सोमबार, २० माघ २०७६

काठमाडौँ । नायिका प्रियंका कार्की हाल युरोप भ्रमणमा रहेकी छिन् । युरोप भ्रमणको सिलसिलामा उनी बार्सिलोनाको फुटबल खेल हेर्नकै लागि स्पेन पुगेकी छिन् । 

नाउ क्यापमा स्पेनिस ला–लिगामा अन्तर्गत बार्सिलोना र लेभान्टेबीचको खेल उनले हेरेकी थिइन् । गएराति भएको सो खेलमा बार्सिलोना विजयी भएको थियो । 

आफ्ना प्रेमी आयुष्मान देशराजसँगै त्यहाँ पुगेकी उनले दुई दिनअघि आफू बार्सिलोनाको खेल हेर्न निकै उत्साहित रहेको इन्स्टाग्राममार्फत बताएकी थिइन् । 

गएरातिको खेल हेरेपछि बार्सिलोनाले सोमबार आफ्नो अफिसियल फेसबुक पेजमा प्रियंकाको फोटो सेयर गरेको छ । फोटोको क्याप्सनमा देखिएको छ–वी लभ नेपाल (हामी नेपाललाई माया गर्छौँ) ।’

बार्सिलोनाको फ्यान प्रियंकाको सेयर गरिएको तस्बिरमा उनी भुवादार सेतो पहिरनमा देखिएकी छिन् । 

यसैबीच प्रियंकाले बार्सिलोनामा आयुष्मानसँगको एक प्रेमिल फोटोसहित अन्य केही घुमघामका तस्बिर पनि सार्वजनिक गरेकी छिन् । प्रियंकालाई खेल हेर्ने अवसर चर्चित सामाजिक सञ्जाल भाइबरले जुराएको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप