बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

दोलखाका तत्कालीन सिडिओविरुद्ध ५ मुद्दा

सोमबार, २० माघ २०७६, १७ : १४
सोमबार, २० माघ २०७६

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालविरुद्ध ५ मुद्दा दायर गरेको छ । आयोगले सोमबार रिजालविरुद्ध ५ वटा मुद्धा दायर गरेको हो । रिजालविरुद्ध ४ वटा घुस लिएको र अर्को अनुगमनमै नगई भत्ता बुझेको आरोपमा मुद्धा दायर भएको छ । 

यसअघि एक अभियुक्तसँग धरौटीमा रिहा गर्न घुस मागेको आरोप लागेपछि रिजाल निलम्बनमा परेका थिए ।  अख्तियारले उनलाई फरक–फरक सेवाग्राहीसँग पटक–पटक  ५० हजार, ९० हजार, ३५ हजार र ४ लाख रुपैयाँ घुस लिएको आरोप लगाएको छ । त्यस्तै अनुगमनका नाममा ७७ हजार ६ सय भ्रमण भत्ता समेत लिएको आरोप रिजालमाथि लागेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप