शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

झलनाथ खनाल नेतृत्वको कार्यदलले ‘एमसीसी’बारे थाल्यो अध्ययन

सोमबार, २० माघ २०७६, १५ : ११
सोमबार, २० माघ २०७६

काठमाडौँ । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे सुझाव पेश गर्न गठित नेपाल कम्युनिस्ट पाटी (नेकपा) का नेता झलनाथ खनाल नेतृत्वको कार्यदलको पहिलो बैठक सोमबार बसेको छ । सिंहदरवारमा बैठक बसेर कार्यदलले एमसीसीबारे दस्तावेजहरुको अध्ययन अनुसन्धानका लागि गृहकार्य थालेको हो । 

‘आज पहिलो बैठक बस्यो, बैठकमा कसरी काम गर्ने भन्ने सामान्य छलफल गर्नुका साथै कार्यसूची पनि तय गरेका छाैँ, त्यही कार्यसूचीका आधारमा एमसीसी सम्बन्धी डकुमेन्टहरु पनि अध्ययन र अनुसन्धान गर्दै सुझाव तयार गर्छौँ’, बैठकपछि कार्यदलका संयोजक खनालले भने, ‘तोकिएको समयसीमामा सुझाव पेश गर्नेगरी काम सुरु गरेका छौँ ।’

आइतबार सम्पन्न नेकपाको केन्द्रीय समिति बैठकले तीन सदस्यीय कार्यदल गठन गरेको थियो । वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा कार्यदलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्थायी कमिटी सदस्य भीम रावल सदस्य रहेका छन् । कार्यदललाई १० दिनभित्र एमसीसीबारे सुझाव पेश गर्ने जिम्मेवारी दिइएअनुसार कार्यदलको बैठक बसेको हो । 

कार्यदलमा रहेका दुई सदस्यमध्ये परराष्ट्रमन्त्री ज्ञवाली एमसीसीको समर्थन गर्दै आएका छन् भने रावलले केही बुँदा परिमार्जन गर्नुपर्ने माग गर्दै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप