शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चल्ला र अण्डा नष्ट गरेकाले मासुको मूल्यमा वृद्धि, भारतबाट अवैध आयात बढ्यो

तर, व्यवसायीहरु भन्छन् : चिकेन होलिडे प्रमुख कारण होइन
सोमबार, २० माघ २०७६, १४ : ४७
सोमबार, २० माघ २०७६

काठमाडौँ । बजारमा कुखुराको मासुको मूल्य अस्वाभाविक रूपमा बढेको छ । एकै पटक मासुमा प्रतिकेजी १ सय रुपैयाँदेखि १ सय ६० रुपैयाँसम्म मूल्य वृद्धि भएको छ । केही दिनअघिसम्म प्रतिकेजी दुई सय १० रुपैयाँको हाराहारीमा रहेको कुखुराको मासुको मूल्य अहिले ४ सय रुपैयाँसम्म पुगेको छ ।

राष्ट्रिय कुखुरा व्यवसायी सङ्घले गत हप्ता तोकेको नयाँ मूल्यअनुसार काठमाडौँ उपत्यकामा तयारी मासुको मूल्य प्रतिकेजी ३ सय ५० रुपैयाँ छ । तर अहिले बजारमा प्रतिकेजी मासु ४ सय रुपैयाँसम्म कारोबार भइरहेको छ । थोक मूल्य ३ सय ५० रुपैयाँ भए पनि कोल्डस्टोर व्यवसायीहरुले खुद्रामा ३ सय ७० देखि ४ सय रुपैयाँसम्म लिइरहेका छन् । यसले आम उपभोक्तालाई समस्यामा पारिरहेको छ । बजारमा माग अनुरूपको कुखुरा आपूर्ति हुन नसक्दा मासुको मूल्य वृद्धि भएको व्यवसायीको भनाइ छ ।

नेपाल ह्याचरी उद्योग सङ्घका सदस्य तथा ह्याचरी व्यवसायी विजयलाल देसार कुुखुराको उत्पादन घट्दा बजारमा मासुको मूल्यमा वृद्धि भएको बताउँछन् ।

‘जाडो मौसम सुरु भएसँगै मङ्सिरदेखि माघको अन्तिमसम्ममा बजारमा कुुखुराको उत्पादन कम हुन्छ । यही बेला बजारमा मासुको माग बढ्छ,’ देसारले भने, ‘बजारको माग अनुरूप कुखुराको आपूर्ति हुन नसक्दा मासुको मूल्य बढ्न गएको हो ।’ 


गत मङ्सिर २९ देखि पुस ६ गतेसम्म चितवनमा ‘चिकेन होलिडे’ अर्थात् अन्डा नष्ट गर्ने अभियान चलाइयो । व्यवसायीहरुले ५० करोड बराबरको चल्ला उत्पादन गर्ने अण्डा नै नष्ट गरे । पछि यो अभियान काठमाडौँमा पनि चलाइयो । कुखुराको मूल्य नबढेपछि नेपाल ह्याचरी सङ्घको नेतृत्वमा जिउँदो चल्ला र अण्डा नष्ट गर्ने काम भयो । व्यवसायीहरुले १५ करोड बराबरको ३० लाख चल्ला र ५० करोड बराबरको अण्डा नष्ट गरे ।


केही दिनअघि कुुखुराको मासु प्याजको मूल्यभन्दा पनि सस्तो थियो । बजारमा २ सय ५० रुपैयाँ प्रतिकेजीसम्म प्याजको मूल्य पुग्दा मासुको मूल्य प्रतिकेजी २ सय १० रुपैयाँ मात्र थियो । अहिले एक्कासि मासुको मूल्य बढेको छ ।

‘चिकेन होलिडे’को प्रभाव

गत मङ्सिर २९ देखि पुस ६ गतेसम्म चितवनमा ‘चिकेन होलिडे’ अर्थात् अन्डा नष्ट गर्ने अभियान चलाइयो । व्यवसायीहरुले ५० करोड बराबरको चल्ला उत्पादन गर्ने अण्डा नै नष्ट गरे । पछि यो अभियान काठमाडौँमा पनि चलाइयो । कुखुराको मूल्य नबढेपछि नेपाल ह्याचरी सङ्घको नेतृत्वमा जिउँदो चल्ला र अण्डा नष्ट गर्ने काम भयो । व्यवसायीहरुले १५ करोड बराबरको ३० लाख चल्ला र ५० करोड बराबरको अण्डा नष्ट गरे । कृषकको घरघरमा, फर्मफर्म गएर चल्ला नष्ट गरियो । यसको उद्देश्य बजारमा कुखुराको उत्पादनलाई नियन्त्रण गर्दै मासुको मूल्य वृद्धि गर्नु थियो । अन्ततः व्यवसायीले जुन उद्देश्यले अभियान चलाएका थिए, त्यो पूरा भएको छ । चिकेन होलिडेको प्रभाव अहिले मासुमा देखिएको छ ।

एक महिनाको अवधिमा कुखुराको मासुको मूल्य प्रतिकिलो १६० रुपैयाँले बढेर ३७० रुपैयाँ पुगेको छ । चल्ला उत्पादक सङ्घको आन्दोलनअघि काठमाडौँ उपत्यकामा कुखुराको तयारी मासुको मूल्य प्रतिकेजी २१० रुपैयाँ मात्र थियो । त्यसो त १० दिनसम्म चलाइएको चिकेन होलिडे अभियानपछि नै बजारमा मासुको मूल्य बढेको थियो । व्यवसायीले त्यतिबेलै दुई पटक मूल्य बढाएका थिए । अहिले बजारमा चिकेन होलिडेको थप प्रभाव देखिएको छ ।


मासुको मूल्य अचाक्ली बढाइएको देख्दा आफैँ अचम्ममा परेको उनले बताए । ‘राष्ट्रिय कुखुरा व्यवसायी सङ्घले तोकेको मासुको खुद्रा मूल्य प्रतिकेजी अधिकतम ३५० रुपैयाँ हो । तर खुद्रा व्यवसायीहरुले अभाव देखाएर आफू खुसी मनलाग्दी मूल्य निर्धारण गरिरहेका छन्,’ ह्याचरी व्यवसायी देसारले भने ।


मूल्य वृद्धिको कारण चिकेन होलिडे होइन : व्यवसायी

अहिलेको कुखुराको मासुको मूल्य वृद्धिको कारण तत्व चिकेन होलिडे अर्थात् चल्ला र अण्डा मासेर मूल्य वृद्धि गर्ने नीतिको प्रतिफल नभएको व्यवसायीहरु बताउँछन् । केही हदसम्म चिकेन होलिडेले काम गरे पनि अहिलेको मू्ल्य वृद्धिको प्रमुख कारण मौसम नै भएको व्यवसायीहरुको भनाइ छ । चिसो मौसममा उत्पादन घट्दा त्यसको प्रभाव मूल्यमा परेको उनीहरुको भनाइ छ ।

‘जाडो मौसमा स्वाभाविक रूपमा कुखुराको उत्पादन घट्छ । यसले बजारमा अभाव सिर्जना हुन्छ र मूल्य बढ्न जान्छ । यो विगतका वर्षमा पनि भइरहेकै हो । यो वर्ष अलिक धेरै पानी परेर उत्पादन घट्दा केही महँगी बढ्न गएको हो । तर अस्वाभाविक छैन ।’ ह्याचरी व्यवसायी विजयलाल देसारले भने, ‘यो कुनै चिकेन होलिडेको प्रतिफल होइन । बरु कोल्डस्टोर तथा खुद्रा व्यापारीहरुका कारण मूल्य वृद्धि भइरहेको छ ।’

मासुको मूल्य अचाक्ली बढाइएको देख्दा आफैँ अचम्ममा परेको उनले बताए । ‘राष्ट्रिय कुखुरा व्यवसायी सङ्घले तोकेको मासुको खुद्रा मूल्य प्रतिकेजी अधिकतम ३५० रुपैयाँ हो । तर खुद्रा व्यवसायीहरुले अभाव देखाएर आफू खुसी मनलाग्दी मूल्य निर्धारण गरिरहेका छन्,’ ह्याचरी व्यवसायी देसारले भने ।

यता दाना उत्पादक सङ्घले अहिलेको कुखुराको मासुको मूल्यवृद्धि स्वाभाविक भएको बताएको छ । उत्पादन लागतको हिसाबमा बजार मूल्य नपाउँदा व्यवसाय नै धरासायी हुने अवस्थामा यतिको मूल्यलाई अचाक्ली भन्न नमिल्ने दाना उत्पादन सङ्घका अध्यक्ष रविन पुरी बताउँछन् ।

‘अहिले दानाको भाउ महँगो छ । दानाका लागि आवश्यक कच्चा पदार्थ बाहिरबाट ल्याउनुपर्ने हुँदा लागत मूल्य बढेको छ । त्यस्तै मेडिसिन (औषधि) खर्च पनि उत्तिकै महँगो छ । अनि मासुको मूल्य सस्तो छ । अनि कसरी कृषकको लागत उठ्छ ?’ अध्यक्ष पुरीले भने ।


नेपालमा कुखुराको मासुको मूल्य बढेसँगै भारतीय कुखुराको अवैध कारोबार सुरु भएको छ । सीमावर्ती क्षेत्रमा कुखुराको अवैध कारोबार मौलाएको छ । यता मासुको मूल्य बढेको मौका छोपी व्यापारीहरुले भारतबाट सस्तो कुखुरा ल्याउने र नेपाली बजारमा बेच्ने गरेको पाइएको छ ।


अध्यक्ष पुरीका अनुसार अहिले दानाको मागमा करिब ४० प्रतिशतले घटेको छ । दैनिक ३ हजार २ सय मेट्रिक टन खपत भइरहेकोमा पछिल्लो समय १८ सयदेखि २ हजार मेट्रिक टन दाना मात्र खपत भइरहेको छ । यसले कुखुराको उत्पादन घटेको सहजै देखाउँछ ।

यता, दानाको भाउ प्रतिकेजी साढे दुईदेखि तीन रुपैयाँले बढेको छ । गत वर्षसम्म दानाका लागि आवश्यक कच्चा पदार्थ आयातमा १.६ प्रतिशतमा भन्सार शुल्क लागिरहेकोमा यस वर्ष सरकारले एकै पटक ५ देखि ८ प्रतिशतसम्म भन्सार शुल्क वृद्धि गरेकाले दानाको भाउ बढ्न गएको पुरीले बताए । यसको असर अहिले मासुमा परेको उनको भनाइ छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार काठमाडौँमा मात्र प्रत्येक दिन तीन लाख किलो तयारी कुखुराको मासुको खपत हुन्छ । एक सय ६० रुपैयाँ मूल्यवृद्धि हुँदा काठमाडौँ उपत्यकाबाट मात्रै एक दिनमा ४ करोड ४८ लाख रुपैयाँको बढी कारोबार हुन्छ । यसले वास्तविक कृषक नभएर विचौलिया व्यवसायीहरु मौलाउने उपभोक्ता अधिकार संरक्षण मञ्चका अध्यक्ष माधव तिमल्सिना बताउँछन् ।

मूल्य वृद्धिका कारण मासुको आयात बढ्यो

नेपालमा कुखुराको मासुको मूल्य बढेसँगै भारतीय कुखुराको अवैध कारोबार सुरु भएको छ । सीमावर्ती क्षेत्रमा कुखुराको अवैध कारोबार मौलाएको छ । यता मासुको मूल्य बढेको मौका छोपी व्यापारीहरुले भारतबाट सस्तो कुखुरा ल्याउने र नेपाली बजारमा बेच्ने गरेको पाइएको छ ।

नेपालमा उत्पादित जिउँदो कुखुराको मूल्य फार्ममै प्रतिकिलो दुई सय ४० देखि दुई सय ५० रुपैयाँसम्म पर्छ । तर भारतबाट तस्करीमा आउने कुखुरा एक सय ९० रुपैयाँमै उपलब्ध हुने हुँदा उपभोक्ताहरु भारतीय कुखुरातर्फ आकर्षित भएका छन् । अझ यस्ता कुखुरा तस्करहरुले घरघरमै पु¥यादिने गरेको कुखुरा व्यवसायीहरुले जनाए ।

यसरी भित्रिने कुखुराको गुणस्तरियता समेत परीक्षण नहुने व्यवसायीहरुको भनाइ छ । ‘स्थानीय कुखुराको मूल्य बढेसँगै भारतीय कुखुराको अवैध कारोबार सुरु भएको छ । यसले स्थानीय कुखुरा विस्थापित गरेको छ,’ कुखुरा उत्पादक सङ्घ रौतहटका जिल्ला अध्यक्ष रामविनोद पाण्डेले भने, ‘कुखुराको अवैध आयातले स्थानीय कुखुरा उत्पादक कृषकहरुलाई मारमा पारेको छ ।’

कुखुराको तस्करी सीमाक्षेत्रमा रहेका सुरक्षाकर्मी र कुखुरा उत्पादक सङ्घकै पदाधिकारीको मिलेमतोमा हुने गरेकाले पीडित कृषकहरुको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप