रेडक्रसमा हुने ‘राजनीति’ अन्त्य हुनुपर्छ: मन्त्री बाँस्कोटा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि गोकुलप्रसाद बाँस्कोटाले रेडक्रसमा ‘मति र गति’ भावनानुसार नपाइएपछि विवाद उत्पन्न भएको बताएका छन् । नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोकद्वारा ‘ग्रामीण आपत्कालीन तथा ट्रमा प्रणाली सदृढीकरण परियोजना’ अन्तर्गत आयोजित एम्बुलेन्स हस्तान्तरण कार्यक्रमलाई आज बनेपामा सम्बोधन गर्दै उनले भने, ‘रेडक्रसजस्तो मानवीय पवित्र संस्थामा किन यस्ता विवाद उठ्छन्, रेडक्रसको विश्वव्यापी मान्यता जे छन् सोहीअनुसार चल्नुस्, कुनै समस्या/विवाद आउँदैन ।’ कमाउधन्दा तथा व्यापारिक संस्थामा विवाद उठ्नु स्वाभाविक मान्ने गरिए पनि विशुद्ध मानवीय भावना बोकेको संस्थामा विवाद आउनु सुखद नभएको उनले बताए ।
मन्त्री बाँस्कोटाले रेडक्रसको आँगनभित्र ‘राजनीति’ अन्त्य हुनुपर्नेमा जोड दिँदै भने, ‘व्यक्तिका आआफ्ना विचार होलान् तर रेडक्रसको आँगनभित्र राजनीति अन्त्य गर्नुस्, कहिले पनि विवाद आउँदैन ।’ रेडक्रसको पछिल्लो नेतृत्वले ‘राजनीति’ गरेको छैन होला भन्नेमा आफू विश्वस्त रहेको उनको धारणा थियो ।
मन्त्री बाँस्कोटाले ‘सहयोगी राष्ट्रका जनताले कमाएको केही बचाएर नेपालीलाई गरेको सहयोगको विषयमा विवाद उत्पन्न हुँदा कस्तो अर्थ राख्छ भन्ने प्रश्न गर्दै भने, ‘डोनर एजेन्सी (क्यानेडियन) ले पनि त कमाएको पैसाबाट बचाएर हामीलाई सहयोग गरेको हो, यस्तो विषयमा ‘भागशान्ति जय नेपाल’ हैन ‘मिली शान्ति’ एकदम राम्रो हो ।’ रेडक्रसकर्मीको व्यक्तिगत विचार लाद्ने स्थान रेडक्रस नभएको उनले दोहो¥याए ।
मन्त्री बाँस्कोटाले रेडक्रसलाई ‘टोल फ्री’ नम्बर उपलब्ध गराउन आफूले पूर्णरुपमा सहयोग गर्ने आश्वासन दिए । ‘नागरिकलाई सेवा दिन, नागरिकको दिगागमा बसिरहने एउटा सजिलो नम्बरको निम्ति म सहयोग गर्छु, यसमा सञ्चारको मात्रै भएर पुग्दैन गृहको पनि सहमति चाहिन्छ, सभासमारोहमा भाषण गरेर हुन्न, तपाईंहरु तत्कालै आउनुस्’, उनले भने ।
सो अवसरमा शहरी विकासमन्त्री बाँस्कोटाले क्यानेडिएन रेडक्रसमार्फत काभ्रेपलाञ्चोकको पोखरीचौंरी र बेथानचोक गाउँपालिकालाई प्रदान गरिएको एम्बुलेन्सको साँचो सम्बन्धित गाउँपालिका अध्यक्षद्वयलाई हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा वाग्मती प्रदेशसभा सदस्य रत्न ढकाल, नेकपा जिल्लाध्यक्ष रुकू चौलागाईँ, पोखरीचौंरीका अध्यक्ष दीननाथ गौतम, बेथानचोकका अध्यक्ष प्रेमबहादुर तिमल्सिना, नेपाली काँग्रेस जिल्ला उपाध्यक्ष अच्युत पौडेल, नेरेसो केन्द्रीय कोषाध्यक्ष देवेन्द्र प्रधानलगायतले हस्तान्तरित एम्बुलेन्सलाई जनतामा राम्रो सेवा पु¥याउन आग्रह गरे । नेरेसो जिल्ला सभापति रघुवर चौप्रधानले सरकारको प्रतिएम्बुलेन्स रु ३० लाख करछुटमा एम्बुलेन्समा ‘ख’ वर्गको स्वास्थ्य सामग्री थपेर दुई गाउँपालिकालाई हस्तान्तरण गरिएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
जर्मनीमा हार व्यहोरेर पनि बार्सिलोना च्याम्पियन्स लिगको सेमीफाइनलमा
यस्तो छ आज विदेशी मुद्राको दरभाउ, कसको मूल्य कति ?
सुनसरी गोली प्रहार घटनामा संलग्न तीन जना पक्राउ
१२ बजे, १२ समाचार : शिक्षकलाई विद्यालय फर्कन सरकारको आह्वानदेखि संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिससम्म
मकालु हिमाल आरोहण गर्ने कान्छी आरोहि शेर्पा सम्मानित
मन्त्रिपरिषद्को आह्वानपछि शिक्षक महासंघले के भन्यो ?