नबिल बैंकको ‘नबिल सजिलो एक्सप्रेस कर्जा’ सार्वजनिक, यस्तो छ ब्याजदर
काठमाडौं– नबिल बैंकले साना तथा मझौला उद्यम कर्जाको नयाँ प्रस्तुतिका रुपमा नबिल सजिलो एक्सप्रेस कर्जा योजना जारी गरेको छ । कर्जा सम्बन्धी निर्णय प्रकृयालाई गति दिदै जोखिममा आधारित मूल्यांकन सहित क्रेडिट स्कोरिङ मोडेल कर्जा प्राप्ताङ्कका आधारमा यो योजना आरम्भ गरिएको बैंकले जनाएको छ ।
सरल र शीघ्र प्रशोधन सहित अधिकतम १०.५∞ को ब्याजदरमा यो कर्जा उपलब्ध हुनेछ । नबिल सजिलो एक्सप्रेस कर्जा देशका सातै वटा प्रदेशमा लैजाने अभियानका क्रममा, यो कर्जा डिसेम्बर २३, २०१९ मा प्रदेश ३, काठमाडौंबाट सुभारम्भ गरिएको छ ।
यसै क्रममा उक्त नयाँ एस.एम.ई कर्जा प्रदेश नं. ५ को भैरहवामा आयोजित एक समारोहका बीच उद्घाटन भएको छ । सो समारोहमा सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष कुल प्रसाद न्यौपाने, बुटवल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष उज्वल कसजु तथा तिलोतमा उद्योग वाणिज्य संघका उपाध्यक्ष राम चन्द्र पाण्डेको उपस्थिती रहेको थियो ।
योजनाको शुभारम्भ अवसरमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले भने, ‘नबिल सजिलो एक्सप्रेस कर्जा देशका विभिन्न क्षेत्रमा रहेका साना तथा मझौला व्यवसायीहरुको अवश्यकताहरुलाई सम्बोधन गर्ने उद्देश्यले ल्याइएको हो । हामी यहाँहरुको समय र व्यवसायिक सपनाको सम्मान गर्दछौं । अतः हामीले कर्जा प्रशोधन प्रकृयालाई छिटोछरितो, सहज र सरल बनाउने दिशामा नबिल सजिलो एक्सप्रेस कर्जा जस्ता रचनात्मक योजनाहरु अघि सार्दै साना तथा मझौला उद्यमका ग्राहकको पहिलो रोजाइ बन्नेछौं ।’
साना तथा मझौला उद्यमको विकासका निम्ति नबिल बैंक र यूकेएड सक्षम एक्सेस फाइनान्स मिलेर सहकार्य गरिरहेका छन् । यसैको परिणामस्वरुप नबिल सजिलो कर्जा र नबिल नारी कर्जा योजना ल्याइएको हो । यी साना तथा मझौला कर्जा योजनाको सफलतापछि नबिल बैंकले नबिल सजिलो कर्जाकै स्तरोन्नतिका रुपमा नबिल सजिलो एक्सप्रेस कर्जा योजना सार्वजनिक गरेको छ ।
क्रेडिट स्कोरिङ विधिको प्रयोग गर्दै कर्जा स्वीकृत गर्ने तथा ब्याज दर तोक्ने नबिल बैंक पहिलो बैंक बन्न पुगेको छ । यसबाट साना तथा मझौला उद्यमका ग्राहकका लागि ७५ लाखसम्मको कर्जा प्रतिष्पर्धी ब्याजदरमा उपलब्ध गराइनेछ । ऋणीको कर्जा आवेदनमा शीघ्र निर्णय लिदै आवेदन प्राप्त भएको ३५ घण्टाभित्र स्वीकृति प्रदान गर्ने उद्देश्यले यो योजना जारी गरिएको हो ।
नबिल सजिलो एक्सप्रेस कर्जा योजना निःशुल्क कारोबार सूचना, निःशुल्क मासिक विद्युतीय बैकिङ्ग विवरण, व्यवसायको मुख्य मानिसलाई निःशुल्क क्रेडिट कार्ड हस्तान्तरणका साथै ३५ घण्टाभित्र निर्णय दिइ सकिने आकर्षक प्याकेजका साथ आएको छ ।
सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समय अनुकुल सेवा प्रदान गर्दै आएको यस नबिल बैंकको १०२ शाखा १४३ ए.टी.एम. र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु छन् । साथसाथै बैंकले देश व्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरुमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै अघि बढ्ने विश्वाश लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थानीयको विरोधले रेलमार्ग निर्माणको काम रोकियो
-
१२ बजे, १२ समाचार : सरकारले खोस्यो १३ स्थानीय तहका हाकिमको जिम्मेवारीदेखि कांग्रेस सांसद गुरुङलाई पुरानै भ्रष्टाचारले फसादसम्म
-
चीनद्वारा नयाँ उपग्रह प्रक्षेपण
-
बलात्कारपछि हत्या गरेको अभियोगमा पाँच भारतीयलाई मृत्युदण्डको सजाय
-
गोरखामा आगलागी हुँदा तीन घर जलेर नष्ट
-
भक्तपुरमा मोटरसाइकल र कार ठोक्किँदा आमाको मृत्यु, छोरी घाइते