बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

रियल र रिलका कमेडी स्टारको एकसाथ सेल्फी

सोमबार, २० माघ २०७६, १२ : ५३
सोमबार, २० माघ २०७६

काठमाडौं । नेपाली कला क्षेत्रमा यतिबेला अभिनेता बिपिन कार्की र दीपकराज गिरीको एक तस्बिर चर्चा छ । उक्त तस्बिर दुबै कलाकारले सेल्फीका रुपमा खिचाएका हुन् । 

तस्बिरलाई सामाजिक संजालमा रियलका कमेडी स्टार र रिलका कमेडी स्टार एकसाथ भनेर चर्चा गरिएको छ । 

तस्बिर कलाकार दीपकराज गिरीले अभिनेता बिपिन कार्कीसँगको हालैको भेटमा खिचेका हुन् । फिल्म ‘सेल्फी किङ्ग’मा कमेडी कलाकारको भूमिकामा निर्वाह गरेर चर्चामा रहेको विपिनसँगको भेटमा कमेडीयनको खुसी र पीडा पर्दामा ल्याउन सफल भएकोमा दीपकले बधाई समेत दिएका थिए ।

फिल्ममा स्क्रिप्ट अनुसार सेल्फी किङ्गले महसुस गरेको हास्यकलाकारको पिडा र रियल लाइफमा भोग्नुपर्ने पीडाको बारेमा विपिन र दीपकले सो अवसरमा अनुभव समेत साटेका थिए ।
हाम्रै कथामा फिल्म बनेकोले केही बुझौँ भनेर विपिनसँग भेटेको कलाकार दीपकराज गिरीले बताए ।

‘हाम्रो सपोर्ट फिल्मलाई नहुने कुरै भएन । किनकी यो हाम्रो नै हो । नेपाली फिल्म त हाम्रो हो नै साथमा यो फिल्मको ट्रेलरले हामीलाई हाम्रो कथा महसुस गराएका ेछ’ दीपकले भने ‘यसमा समेटिका केही घटना मसँग पनि घटेका छन् । जस्तै बस चढ्ने । ‘वाक्क टुक्क’ मार्फत हिट त भए । तर , आर्थिक रुपमा सबल नहुँदा बस नै चढ्ने बाध्यता पथ्यो । केहि समयछि टेम्पो चढ्न थाले । त्यहाँ पनि विपिनले झैँ प्रश्नको सामना गर्नु पर्यो ।’

‘सेल्फी किङ्ग’ आगामी शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म हो । फिल्ममा टेलिभिजनमा हिट भएर अस्ताउँदै गरेका हास्यकलाकारको एक घटनालाई प्रस्तुत गरिएको छ ।

एक चर्चित हाँस्यकलाकारको तीन दिनको कथामा तयार भएको भनिएको फिल्ममा ‘सेल्फी किङ्ग’को मुख्य भूमिका अभिनेता विपिन कार्कीले निर्वाह गरेका छन् । 

‘सेल्फी किङ्ग’ सोलुखुम्बु पुगेर त्यहाँ कार्यक्रममा सरिक भएर फर्किने क्रममा क्रममा एक कमेडी कलाकारको जीवनमा आउने उतारचढावमै केन्द्रीत भएको निर्माण युनिटले जनाएको छ ।

विपीनले कमेडियनको भित्री पाटोलाई समेत उजागर गरेको निर्माता दिनेश राउतले बताए ।

विशाल सापकोटाको निर्देशन रहेको फिल्म दिनेश राउत र शुभाष थापाले मिलेर बनाएका हुन् ।

विपिनसँगै फिल्ममा लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणि सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश विशुराल लगायतका कलाकारको अभिनय छ ।

फिल्ममा अभिनेत्री केकी अधिकारीले ‘जाली रूमाल’ बोलको गीतमा नृत्य गरेकी छन् । फिल्ममा बिशालकै लेखन, सुसन प्रजापतिको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषालको संगीत, बि.पाण्डेको शब्द, अञ्जु पन्त र पुरुषोत्तम सुबेदीको गायन, उदय पौडेलको संगीत संयोजन, निर्मल लामाको कोरियोग्राफी समेटिएको छ ।

फिल्म अभिनय गरेपछि कमेडी पेशा कति गाह्रो छ भन्ने आफुले महसुस गर्न पाएको अभिनेता विपिनले बताए । केवल एउटा कमेडियन के कस्तो अवस्थाबाट गुज्रिनु पर्छ भनेर देखाउने कोसिस फिल्ममा भएको विपिनको भनाइ रहेको छ । विपिनले भने ‘दीपक दाइसँगको भेट आफ्नो लागि र फिल्मको लागि फलदायी हुनेछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप