संसारको सबैभन्दा ठूलो किताब, तौल १,४२० किलोः पाना पल्टाउन मात्रै चाहिन्छ ६ व्यक्ति

उत्तरी हंगरीको सानो गाउँ सिनपेत्रीमा बस्ने बेला वर्गाले हातैले एउटा किताब बनाएका छन् । उक्त किताब संसारकै ठूलो किताब भएको दाबी गरिन्छ । ७१ वर्षका उनले उक्त किताब बनाउनका लागि किताब बाइन्ड गर्ने पुरानो तरिका अपनाएका छन् । ४.१८ मिटर लामो र ३.७७ मिटर चौडा किताबमा ३४६ पाना छ । यसको तौल १ हजार ४ सय २० किलोग्राम छ । किताबमा इलाकाका वातावरण, गुफा र भूभागको संरचनाबारे जानकारी दिइएको छ ।
बेलाका अनुसार उक्त किताब आफ्नो आकारका साथै यसको निर्माणमा प्रयोग भएको तरिकाका कारण पनि चर्चामा छ । उनले भनेका छन्, ‘यो किताब यो क्षेत्रबारे जानकारी दिने अन्य किताबभन्दा भिन्न छ । यसका लागि काठको टेबल र अर्जेन्टिनाबाट मगाएको गाइको छाला प्रयोग गरिएको छ ।’
किताबको पाना पल्टाउन मात्रै ६ जना आवश्यक पर्ने बताइएको छ ।
किताबको नाम गिनिज बुकमा दर्ता गर्नेः
किताबको एउटा सानो कपी पनि तयार गरिएको छ ता कि किताबको नाम गिनिज बुक अफ वर्ल्ड रेकर्डमा दर्ता गराउनका लागि यसको एउटा सानो कपी पनि तयार गरिएको छ । यसको तौल ११ किलोग्राम छ । यी दुई किताबलाई एकसाथ तयार गरिएको थियो । वर्गाले भने, ‘मैले भुटानका प्रधानमन्त्रीबाट विशेष रुपमा चौरीको पुच्छर प्राप्त गरेको छु । भुटानमा चौरीको पुच्छर बौद्ध भिक्षुले पवित्र किताब सफा गर्नका लागि गर्छन् । यो धुलो हटाउनका लागि सबैभन्दा राम्रो मानिन्छ । म यसैमार्फत् किताबको धुलो हटाउँछु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रिंकुकुमारीको न्यायका लागि अखिल क्रान्तिकारीले गर्यो माइतीघरमा प्रदर्शन (तस्बिरहरु)
-
प्रहरी कुट्ने अखिलका नेता जोशीसहित ५ जनालाई धरौटीमा रिहा गर्न आदेश
-
राजधानीबाट अर्का बंगलादेशी नागरिक पनि पक्राउ, ५ थान नेपाली पासपोर्ट बरामद
-
म्यानमारमा अनलाइन स्क्यामिङमा फसाइएका २ नेपालीको उद्धार
-
दिनको १ घण्टा मात्रै मोबाइलमा टाँसिए पनि हुन्छ मायोपिया, तपाईं कति चलाउनुहुन्छ ?
-
पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण गर्दै सरकार