
विवाहको १२ दिनपछि श्रीमानसँग अलग्गिइन् यी नायिका

हलिउडकी चर्चित स्टार पामेला एन्डरसनले जनवरी १९ तारिखमा निर्माता जोन पिटर्ससँग विवाह गरेकी थिइन् जो कुनै जमानाका हेयरड्रेसर थिए ।
उक्त विवाह निजी समारोहबीच आयोजना गरिएको थियो । रोचक कुरा के छ भने पामेलाको यो पाँचौं विवाह थियो । तर विवाहको १२ दिनपछि पामेला र जोन अलग्गिएका छन् ।
ब्रेक लिन चाहन्थिन् पामेला, त्यसकारण अलग्गिइन्ः
हलिउड रिपोर्टरको एक रिपोर्ट अनुसार पूर्व ‘बेवाच’ स्टार अर्थात् पामेला ब्रेक लिन चाहन्थिन् त्यसकारण उनले जोन पिटर्ससँग १२ दिन अघि भएको विवाह तोडेकी हुन् । जोन र उनका यूनियनका मानिसहरुबाट उनीहरुले जुन प्रेम पाइन् त्यसमा आफू निकै खुसी भएको पामेलाले बताइन् ।
जोनअघि चार विवाह गरिसकेकी छिन् पामेलाः
स्मरण रहोस् जोन पिटर्सअघि पामेला एन्डरसनले चारवटा विवाह गरिसकेकी छिन् । ५२ वर्षीया पामेलाले पहिलो विवाह अमेरिकी संगीतकर्मी टोमी लीसँग गरेकी थिइन् । विवाहको तीनवर्ष पछि नै यी दुई अलग्गिए । त्यसपछि पामेलाले किड रकसँग विवाह गरिन् ।
रकसँग विवाह टुटेपछि उनले फिल्म निर्माता रिक सोलोमनसँग विवाह गरिन् । पछि उनको सोलोमनसँग पनि सम्बन्धविच्छेद भयो । तर पुनः प्याचअप गरिएको थियो । तर त्यो प्याचअपपनि धेरै दिनसम्म टिक्न सकेन ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ