फातीको गोलमा बार्सिलोना विजयी
सुपर स्टार लियोनल मेस्सी र युवा स्टार अन्सु फाती चम्किएपछि साविक विजेता बार्सिलोनाले स्पेनिस ला लिगामा लिभान्तेमाथि रोचक जित निकालेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा बार्सिलोनाले लिभान्तेलाई २–१ गोलले हरायो ।
बार्सिलोनाको जितमा दुवै गोल फातीले गरे । फातीलाई दुवै गोलको अवसर कप्तान मेस्सीले जुराईदिएका थिए । ३०औँ मिनेटमा फातीले मेस्सीको पासमा गोल गर्दै घरलु टोलीको उत्साह बढाए । उनले लगत्यै मेस्सीक पासमा अर्को गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाएका थिए । खेलको सुरुवातदेखिनै लगातार गोल गर्ने अवसर बनाएपनि बार्सिलोनाले थप गोल गर्न भने सकेन ।
लिभान्तेले दोस्रो हाफको इन्जुरी समयमा सान्त्वना गोल फर्काएको थियो । लिभान्तेका लागि रुबेन रोसिनाले सान्त्वना गोल गरे । जितसँगै दोस्रो स्थानमा रहेको बार्सिलोनाले २२ खेलबाट ४६ अङ्क बनाएको छ । बार्सिलोना शीर्षस्थानको रियल म्याड्रिड भन्दा तीन अङ्कले पछि छ । रियलको ४९ अंक छ । २६ अंक बनाएको लिभान्ते १३औं स्थानमा छ ।
अर्को खेलमा एथ्लेटिक विल्बाओलाई २–० गोलले हराउँदै गेटाफे तेस्रो स्थानमा उक्लियो । जितसँगै गेटाफेले ३९ अङ्क बनाएको छ । ३१ अंक बनाएको बिल्बाओ नवौं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित
-
भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै
-
दिल्लीमा निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण