शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतमा अन्धाधुन्ध चक्कु प्रहार गर्ने सुदेश केही दिन अघि मात्रै भएका थिए जेलमुक्त

सोमबार, २० माघ २०७६, ०७ : १९
सोमबार, २० माघ २०७६

बेलायतको महानगरीय पुलिसले दक्षिण लण्डनमा ‘चरमपन्थी सम्बन्धि’ एक घटनामा संलग्न हमलाकर्तालाई हतियारधारी अधिकारीले गोली हानी हत्या गरेका छन् ।

पुलिसका अनुसार हमलामा तीनजना घाइते भएका छन् । जसमध्ये एकको स्थिती निकै गम्भीर भएको बताइएको छ । लण्डन एम्बुलेन्स सेवाले तीन व्यक्तिलाई अस्पताल पुर्‍याइएको पुष्टि गरेको छ ।

घटनासँग सम्बन्धित केही रिपोर्टमा बताइए अनुसार ती हमलाकर्ता सबैभन्दा पहिले एक पसलमा छिरेका थिए र मानिसमाथि चक्कुमार्फत् अन्धाधुन्धा हमला गर्न सुरु गरे । त्यसपछि उनी पसलबाट बाहिर निस्किएको र एक महिलालाई घाइते बनाएको बताइन्छ ।

नेपाली समयानुसार आइतबार बेलुकी पौने ८ बजे गोलीको आवाज सुनिएको थियो । प्रत्यक्षदर्शीले सोसल मिडियामा उनीहरुले तीन राउन्ड गोली चलेको आवाज सुनेको जानकारी दिएका थिए ।

त्यसपछि आपतकालीन सेवा सुरु भयो । हतियारधारी पुलिसले इलाकालाई आफ्नो घेरामा लिए ।

हमलाकर्ताको पहिचान २० वर्षीय सुदेश अम्मानको रुपमा भएको छ । उनी जनवरी महिनामा मात्रै जेलमुक्त भएका थिए । तीन वर्ष चार महिनाको सजाय काटेर फर्किएका अम्मानलाई चरमपन्थी अपराधमा संलग्न भएको भन्दै सजाय सुनाइएको थियो ।

जतिबेला हमला भयो उनी पुलिस निगरानीमा ने थिए ।

प्रधानमन्त्री बोरिस जोनसोनले घटनापछि ट्वीटमा लेखे, ‘यो हमलामा घाइते र प्रभावित व्यक्तिमाथि पूर्ण समवेदना छ । आपतकालीन सेवाको तत्काल प्रतिक्रियाका लागि धन्यवाद ।’

लण्डन एम्बुलेन्स सर्भिसका अनुसार उक्त घटनाको सूचना पाएलगत्तै थुप्रै स्वास्थ्यकर्मी तैनाथ गरिएको छ ।

महानगरीय पुलिसका अनुसार उनीहरु अहिले जानकारी जुटाउने प्रयास गरिरहेका छन् ।

 घटनास्थल र त्यस आसपासका इलाकामा भारी पुलिस बल तैनाथ छन् । हेलिकोप्टरमार्फत् पनि निगरानी जारी छ ।

स्ट्रीथमका १९ वर्षीय विद्यार्थी गल्ड बुल्हानले आफ्नो अगाडि गोली चलेको देखे ।

पीए न्यूज एजेन्सीसँगको कुराकानीमा उनले भने, ‘गोली चल्दा म सडक पार गर्ने क्रममा थिएँ ।’

‘ती व्यक्तिलाई त्यति नै बेला गोली हानिएको थियो । मैले तीन राउन्ड गोली चलेको आवाज सुनेँ ।’

अर्का एक प्रत्यक्षदर्शी डेनियल गफले आफू बाहिर निस्किएका बेला गोलीको आवाज सुनेको बताए । गोलीको आवाज सुनेपछि सबैजना भागदौड गरिररहेको उनले बताए ।

‘असाध्यै तनावपूर्ण स्थिती थियो । मानिसहरु चिच्याइरहेका थिए । पुलिसले  मानिसलाई त्यहाँबाट हट्न भनिरहेका थिए । एक व्यक्ति जमिनमा ढलेका थिए ।’

त्यसको केही समयमा नै चारैतर्फ पुलिसले घेरा हालेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप