विद्युतीय बसका सञ्चालनका लागि चार्जिङ स्टेसन निर्माणको तयारी

नेपाल विद्युत् प्राधिकरणले सुपर चार्जिङ स्टेसन बराबरको लगानीमा साधारण चार्जिङ स्टेसन निर्माणको प्रक्रिया अघि बढाएको छ । हाल ६३ अर्ब रुपियाँ लागतमा ५० वटा स्टेसन निर्माणका लागि ग्लोबल टेन्डर आह्वान गरिसकिएको छ । साधारण चार्जिङ स्टेसनका लागि गरिएको यो आह्वानमा प्राधिकरणले मोटो रकम खर्च गर्दैछ ।
स्टेसन आगामी चैत अन्तिमसम्म सम्झौता भई निर्माण सुरु गरिने प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए । साधारण चार्जिङ स्टेसन पुरानो प्रविधि हो । यसमा एउटा सवारी पूर्णचार्ज गर्न कम्तीमा ६ घण्टा लाग्दछ तर सोही छ घण्टामा चार्ज हुने सवारीलाई सुपर चार्जिङले दुई घण्टामा गर्छ तर प्राधिकरणले भने साधारण चार्जिङ स्टेसन बनाउँदै छ ।
४२ किलोवाटको मेसिन राखिने चार्जिङ स्टेसनमा छ घण्टा लगाएर चार्ज गर्नुभन्दा दुई घण्टामै चार्ज हुने सुपर चार्जिङ स्टेसन बनाउन व्यवसायीको सुझाव छ । चारवटा विद्युतीय बस सञ्चालन गरिरहेको सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले भने, ‘प्राधिकरणले नर्मल चार्जिङ स्टेसन बनाउँदै छ त्यो पनि साह्रै महँगोमा, एउटा स्टेसन बनाउन ५० लाख खर्च लाग्दैन तर उहाँहरूले एक अर्ब रुपियाँको हिसाब गरिरहनुभएको छ/छ घण्टा चार्ज गर्नुपर्ने अवस्था अबको दुनियाँमा व्यावहारिक पनि हुँदैन ।’ यो समाचार आजको गोरखापत्र दैनिकमा लक्ष्मण दर्नालले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकारमाथि दुर्व्यवहार गर्ने यादव पक्राउ
-
भारतको रक्सौलबाट ८ जना नेपाली किशोरको उद्धार
-
सर्वोच्चमा मनाङेका दुई घण्टाः ‘मुद्दा हेर्न नमिल्नेले गोला किन तान्नु ?’
-
बागमतीमा आयोजना बैङ्क सञ्चालनका लागि मन्त्रालयलाई अभिमुखीकरण तालिम
-
चुरे तराई जनसांगीतिक अभियानः चुरे फेदीमा नाच्दै, गाउँदै माओवादी
-
चिकित्सकको आन्दोलन : शुक्रबार आकस्मिक बाहेक सबै सेवा ठप्प पार्ने