अरुण तेस्रो जलविद्युत् : नेपाल र भारतका ६ बैंकले १ खर्ब लगानी गर्दै

person explore access_timeमाघ २०, २०७६ chat_bubble_outline0

लामो समयदेखि रोकिएको अरुण तेस्रो जलविद्युत् परियोजना (९०० मेगावाट) को वित्तीय स्रोत व्यवस्थापन (फाइनान्सियल क्लोजर) बिहीवार हुने भएको छ । बिहीवार काठमाडौंमा नेपाल र भारतका गरेर आधा दर्जन बैंकसँग ऋण लगानी सम्झौता गर्ने तयारी कम्पनीको छ । 

भारत सरकारको लगानीमा निर्माणाधीन यस परियोजनाको प्रवर्द्धक एसजेवीएन अरुण ३ पावर डेभलपमेन्ट कम्पनीे छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अरुण धिमानले बिहीवार हुने फाइनान्सियल  क्लोजरको तयारी अन्तिम चरणमा पुगेको बताए । 

‘परियोजनाका लागि आवश्यक लगानीको टुंगो लागिसकेको छ । बिहीवार औपचारिक समारोहबीच सम्बद्ध बैंकहरूसँग ऋण लगानी सम्झौता गर्छाैं,’ उनले बताए । धिमानका अनुसार अरुण तेस्रोमा नेपाल र भारतका ६ बैंकले रू. १ खर्ब १ अर्ब ६० करोड (भारू ६३ अर्ब ५० करोड) बराबरको ऋण लगानी गर्दै छन् । यो समाचार आजको आर्थिक अभियान दैनिकमा  मिलन विश्वकर्माले लेखेका छन् । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।