केन्द्रीय संस्करण
दर्शन दर्शन र जीवन

अष्टांग मार्ग : बुद्धले दिएको सफलताको सूत्र

संसारबाट विरक्तिएका भिक्षुहरूलाई बुद्धले दिएका उपदेश : भौतिक र आध्यात्मिक दुवै उन्नतिमा उपयोगी

person explore access_timeमाघ २०, २०७६ chat_bubble_outline0

धेरै मानिसहरू सफलताको लागि अनेकौं मोटिभेशनल साहित्य अनि लीडरशिप र व्यवस्थापनका पुस्तकहरू पढ्छन्, खासगरी पश्चिमी लेखकका । थोरैले मात्र ख्याल गरेका होलान् कि गौतम बुद्धले २६०० वर्षअघि दिएका उपदेश सांसारिक सफलताको लागि पनि उत्तिकै प्रभावकारी छन् ।

मानिसहरू अचम्ममा पर्नसक्छन् कि बुद्धले संसारबाट विरक्तिएका भिक्षुहरूलाई दिएका उपदेश कसरी आर्थिक र भौतिक सफलताको लागि सार्थक होला र ? निश्चय पनि बुद्धको उपदेशको अन्तिम उद्देश्य निर्वाण वा आध्यात्मिक मुक्ति हो । तर उनले सांसारिक कारोबारमा लागेका पारिवारिक मानिसहरूको लागि उपयोगी उपदेश पनि उत्तिकै दिएका छन् । बुद्धका उपदेश कस्ता छन् भने भौतिक प्रयोजनमा प्रयोग गरे भौतिक प्रगति हुन्छ, आध्यात्मिक प्रयोजनमा प्रयोग गरे आध्यात्मिक उन्नति हुन्छ । यसै सन्दर्भमा यस आलेखमा बुद्धद्वारा प्रतिपादित ‘आर्यअष्टांगिक मार्ग’को चर्चा गरिन्छ ।


बुद्धका उपदेश कस्ता छन् भने भौतिक प्रयोजनमा प्रयोग गरे भौतिक प्रगति हुन्छ, आध्यात्मिक प्रयोजनमा प्रयोग गरे आध्यात्मिक उन्नति हुन्छ ।


अष्टांग मार्ग र बौद्ध दर्शनको प्रतीक

बुद्धले एउटै मात्र मार्ग सुझ्याएका छन्, त्यो हो — ‘आर्यअष्टांगिक मार्ग’ । यहाँ ‘आर्य’ भन्नाले कुनै जाति नभई ‘उच्च गुण भएको’ वा ‘माथिल्लो स्तरको’ भनिएको हो । ‘अष्टांगिक मार्ग’को अर्थ हो ‘आठवटा अंग भएको बाटो’ । ‘आर्यअष्टांगिक मार्ग’लाई छोटोकरीमा अष्टांग मार्ग मात्रै पनि भनिन्छ । गौतम बुद्धले आफ्नो पहिलो उपदेशमा नै अष्टांग मार्ग प्रस्तुत गरेका हुन् । सो उपदेशलाई ‘धर्मचक्र प्रवर्तन सूत्र’ भनिन्छ । यसको अर्थ हुन्छ, ‘धर्मको चक्र घुमाएको सूत्र’ । त्यसैले बुद्धको उपदेशको प्रतीक चिन्ह बन्यो आठवटा डाँठ भएको चक्का, जसलाई धर्मचक्र भनिन्छ । सो लोकप्रिय प्रतीक चिन्ह यस्तो छ—

अष्टांग मार्गको प्रतीक धर्मचक्र Picture source:https://upload.wikimedia.org

‘आर्यअष्टांगिक मार्ग’लाई छोटोकरीमा अष्टांग मार्ग मात्रै पनि भनिन्छ । गौतम बुद्धले आफ्नो पहिलो उपदेशमा नै अष्टांग मार्ग प्रस्तुत गरेका हुन् । सो उपदेशलाई ‘धर्मचक्र प्रवर्तन सूत्र’ भनिन्छ । यसको अर्थ हुन्छ, ‘धर्मको चक्र घुमाएको सूत्र’ ।


भारतमा यसलाई ‘अशोक चक्र’को नामले पनि जानिन्छ । आजभन्दा २३०० वर्षअघिका भारतका महान सम्राट अशोकका स्तम्भहरूमा अंकित चक्र भएकोले यो ‘अशोक चक्र’ को नामबाट लोकप्रिय भएको हो । तर यो मूल रूपमा धर्मचक्र नै हो, जसले बुद्धको मुख्य दर्शनको प्रतिनिधित्व गर्छ । यही चक्र भारतको राष्ट्रिय झण्डामा पनि अंकित । त्यसमा चौबिसवटा डाँठ छन् । बुद्धले धर्मचक्र प्रवर्तन सूत्रमा प्रतिपादन गरेका चार आर्यसत्य, आठ अंगको मार्ग र बाह्र निदान (द्वादश निदान) लाई जोडेर चौबिस डाँठ बनाइएको हो । भारतमा राष्ट्रिय झण्डाको मध्यमा बुद्धधर्मको मूल दर्शन प्रतिनिधित्व गर्ने धर्मचक्र राख्ने श्रेय भारतको संविधानका मस्यौदाकार भीमराव अम्बेडकरलाई जान्छ ।

भारतको राष्ट्रिय झण्डा (मध्यमा धर्मचक्र वा अशोक चक्र) . Picture source:https://upload.wikimedia.org

आजभन्दा २३०० वर्षअघिका भारतका महान सम्राट अशोकका स्तम्भहरूमा अंकित चक्र भएकोले यो ‘अशोक चक्र’ को नामबाट लोकप्रिय भएको हो । तर यो मूल रूपमा धर्मचक्र नै हो, जसले बुद्धको मुख्य दर्शनको प्रतिनिधित्व गर्छ । यही चक्र भारतको राष्ट्रिय झण्डामा पनि अंकित । त्यसमा चौबिसवटा डाँठ छन् । बुद्धले धर्मचक्र प्रवर्तन सूत्रमा प्रतिपादन गरेका चार आर्यसत्य, आठ अंगको मार्ग र बाह्र निदान (द्वादश निदान) लाई जोडेर चौबिस डाँठ बनाइएको हो ।


खुशी र सफलताको लागि अष्टांग मार्ग

अष्टांग मार्गको प्रतीक चित्र विभिन्न किसिमले बनाइन्छ । अष्टांग मार्गका प्रत्येक अंग उल्लेख गरी बनाइएको तलको चित्रलाई गौर गर्नुस् । हरेक अंगलाई मनन गर्नुस् । खुशी, सफलता र शान्ति चाहनेको लागि यो एउटा अमूल्य सूत्र हुनसक्दछ । आध्यात्मिक दृष्टिले हेर्‍यौं भने यसले आध्यात्मिक बाटो देखाउँछ । भौतिक सफलताको दृष्टिले हेर्‍यौं भने भौतिक सफलताको बाटो नै देखाउँछ । हुन त यस्तो उच्च गुण भएको मार्गमा भौतिक उन्नतिकै लागि हिँडियो भने पनि हिँड्नेको कल्याण नै हुन्छ । पाश्चात्य सूत्रले आर्थिक उन्नति त देला तर जीवनलाई तनावमय पनि बनाउनसक्छ । अष्टांग मार्गले सफलता मात्र दिँदैन, खुशी र शान्ति पनि दिन्छ । यसले जीवनको बुझाइलाई गहिर्‍याउँछ । सत्यसम्मै यात्रा गर्न चाहनेको लागि सत्यसम्मै पुर्‍याउँछ ।

अष्टांग मार्गलाई गौर गरेर मनन गर्‍यौं भने यसमा समसामयिक लीडरशिप, म्यानेजमेन्टका विद्वानहरूले भन्ने सफलता वा प्रभावकारिताको सूत्रसँग मिल्दोजुल्दो पाउँछौं । एक छिनको लागि तल दिइएको अष्टांग मार्गको चित्रमा प्रत्येक अंगलाई मनन गर्नुहोस् र बुझ्ने प्रयास गर्नुहोस्—

अष्टांग मार्गका आठ अंग एउटा चक्रमा

 

नेतृत्व विकास र व्यवस्थापनका सिद्धान्तहरूले सफल हुनको लागि आवश्यक गुणहरू सुझाउँछन्—

१. दूरदृष्टि (vision)

२. प्रतिवद्धता (commitment)

३. सञ्चार सीप (communication skills)

४. क्रियाशीलता (action oriented)

५. व्यावसायिकता (professionalism)

६. सफल हुने बानीको विकास (developing success habits)

गौतम बुद्धद्वारा प्रतिपादित आर्य अष्टांगिक मार्गमा यिनै कुरा र केही थप कुराहरू पाइन्छन् । अष्टांग मार्गका आठ अंग हुन् ।

१. सम्यक दृष्टि (right vision)

२. सम्यक संकल्प (right commitment)

३. सम्यक वचन (right communication)

४. सम्यक कर्म (right action)

५. सम्यक आजीविका (right profession)

६. सम्यक व्यायाम (right practice)

७. सम्यक स्मृति (right mindfulness)

८. सम्यक समाधि (right samadhi)


अचेल पाश्चात्य जगतका व्यावसायिक कम्पनीहरूमा पनि सम्यक स्मृति अर्थात ‘माइन्डफुलनेस’का प्रशिक्षणहरू लोकप्रिय भइरहेका छन् । ‘माइन्डफुलनेस’को अभ्यासले दैनिक जीवनमा तनाव कम गर्ने र मनलाई शान्त बनाउन मदत गर्ने कुरा वैज्ञानिक अध्ययनले सिद्ध गरिसकेको छ ।


गौतम बुद्धले दिएको सफलताको सूत्रमा पाश्चात्य सूत्रमा नभएका थप दुइ कुरा छन् — स्मृति र समाधि । यिनैले बुद्धको उपदेशलाई आध्यात्मिक बनाउँछ । यिनले सफलताको सँगसँगै मानसिक शान्ति पनि प्रदान गर्छ । भौतिक सफलताको लागि प्रयत्नशील व्यक्तिले माथिका ६ अभ्यास गरे पनि पुग्छ । तर शान्ति पनि चाहनेले सम्यक स्मृति र सम्यक समाधिको पनि अभ्यास गर्नुपर्छ । त्यसैले अचेल पाश्चात्य जगतका व्यावसायिक कम्पनीहरूमा पनि सम्यक स्मृति अर्थात ‘माइन्डफुलनेस’का प्रशिक्षणहरू लोकप्रिय भइरहेका छन् । ‘माइन्डफुलनेस’को अभ्यासले दैनिक जीवनमा तनाव कम गर्ने र मनलाई शान्त बनाउन मदत गर्ने कुरा वैज्ञानिक अध्ययनले सिद्ध गरिसकेको छ ।

अष्टांग मार्ग र पाश्चात्य सफलता सूत्र

नेतृत्व विकासका साहित्यहरूले भन्ने पहिलो कुरा हो — सफल हुन चाहने मानिसले दूरदृष्टि (भिजन) बनाउनुपर्छ । बुद्धको अष्टांगिक मार्गको पहिलो अंग पनि ‘सम्यक दृष्टि’ हो ।

मोटिभेशनल साहित्यले आफ्नो लक्षप्रति प्रतिवद्ध हुनुपर्ने कुरा गर्छ । अष्टांगिक मार्गको दोस्रो अंग हो — ‘सम्यक संकल्प’ । यसको अर्थ हुन्छ, पहिला आफ्नो दृष्टि (भिजन) स्पष्ट बनाउनुपर्छ र त्यसपछि त्यसप्रति प्रतिवद्ध (कमिटमेन्ट) हुनुपर्छ । सफलता प्रतिवद्धताको प्रगाढतामा निर्भर हुन्छ ।

त्यसपछि, तेस्रो अंग हो ‘सम्यक वचन’ । नेतृत्वशीप, व्यवस्थापनका सिद्धान्तले पनि भन्छ, सफलताको लागि सञ्चार सीप (कम्युनिकेशन) अत्यन्तै महत्वपूर्ण छ । हामी कसरी कुरा गर्छौं, अरुको कुरा कत्तिको ध्यान दिएर सुन्छौं आदिले हाम्रो सफलतामा प्रभाव पार्छ । बोल्न जान्दैमा मात्र पनि सञ्चार राम्रो हुन्छ भन्ने होइन । त्यसैले अहिले व्यावसायिक जगतमा सक्रिय सुनाइ, भावनात्मक सञ्चार आदिको प्रशिक्षण लोकप्रिय भइरहेको छ । नेतृत्व विकासको लागि त सञ्चार सीप नभई हुँदैन ।

अष्टांगिक मार्गको चौथो अंग हो — ‘सम्यक कर्म’ । आखिरमा सफलताको लागि क्रियाशील (एक्सन ओरिन्टेड) हुनु त्यत्तिकै महत्त्वपूर्ण हुन्छ । लक्ष लिएर हिँड्नेले आफूले गर्नुपर्ने कार्यको योजना बनाउनुपर्छ र क्रियाशील भएरै योजनालाई मूर्त रूप दिनुपर्छ । कर्ममा सक्रिय भइएन भने जतिसुकै ठूलो लक्ष्य र संकल्प लिएर हिँडे पनि कतै पुगिँदैन ।

पाँचौं, ‘सम्यक आजीविका’को कुरा गरौं । हामीले कस्तो व्यवसाय वा रोजगारी गर्छौैं भन्ने कुरा पनि सफलताको लागि उत्तिकै महत्वपूर्ण हुन्छ । अनि हामीले आफ्नो काममा कत्तिको व्यावसायिकता (professionalism)  अपनाउँछौं भन्ने कुरा अझै महत्वपूर्ण हुन्छ । हामीले जुनै पनि काम गरिरहेका होऔं, त्यसमा उत्कृष्ट व्यावसायिकता हुनु आवश्यक छ ।


सबैले लक्ष्यसित ठ्याक्कै मिल्दो व्यवसाय पाउनसक्दैन । धेरैको भनाइ हुन्छ — म अर्कै काम गर्न चाहन्थें, तर यो काम गर्नुपरिरहेको छ । सबैलाई आफूले सोचेकै काम गर्नपाउने सौभाग्य हुँदैन । त्यस्तो अवस्थामा लक्ष्य र आफ्नो व्यवसायबीचको सम्बन्ध आफैंले स्थापित गर्नुपर्छ ।


साथै हामीले रोजेको व्यवसाय वा रोजगारी आफूले निर्धारण गरेको लक्ष्यसित मिल्दो हुनुपर्छ । हुन त सबैले लक्ष्यसित ठ्याक्कै मिल्दो व्यवसाय पाउनसक्दैन । धेरैको भनाइ हुन्छ — म अर्कै काम गर्न चाहन्थें, तर यो काम गर्नुपरिरहेको छ । सबैलाई आफूले सोचेकै काम गर्नपाउने सौभाग्य हुँदैन । त्यस्तो अवस्थामा लक्ष्य र आफ्नो व्यवसायबीचको सम्बन्ध आफैंले स्थापित गर्नुपर्छ । मेरो आफ्नै उदाहरण दिँदा म प्रशिक्षक (ट्रेनर) बन्न चाहन्थेँ, लेखक बन्न चाहन्थेँ । तर मेरो रोजगारी थियो नोकरी, व्यवस्थापकको रूपमा । नोकरी गरिरहँदा नोकरी मात्रै गरेर बसिनँ । प्रशिक्षक बन्न आवश्यक तालिमहरू लिएँ । धेरैभन्दा धेरै पुस्तकहरू पढें, जुन प्रशिक्षण र लेखनको लागि सहायक सिद्ध भयो । विस्तारै मैले नोकरीकै सिलसिलामा बेलाबेला प्रशिक्षणहरू दिनथालें । साथै मैले व्यवस्थापनसितै सम्बन्धित लेखहरू लेख्नथालें । तिनै लेख समेटेर पुस्तक निकाल्न थालें । जब आफू सक्षम भइयो अनि नोकरी छोडेर प्रशिक्षक र लेखक बन्नमा लागें । स्वतन्त्र प्रशिक्षक र लेखक बन्नअघि मैले बीस वर्ष नोकरीमा बिताउनु पर्‍यो । तर नोकरीले नै मलाई प्रशिक्षण र लेखनको लागि प्रशस्त सामग्री प्रदान गर्‍यो । वास्तवमा धैर्यवान हुनु अनि निरन्तर लगनशील भइरहनु सम्यक संकल्पको अंश हो ।

छैठौं, ‘सम्यक व्यायाम’ अर्थात ठीक अभ्यास सफलताको लागि नभई नहुने कडी हो । मोटिभेशनल लेखकहरू बानी (ह्याबिट)को कुरा गर्छन् । स्टेफेन कोभेको “सेभेन ह्याबिट अफ हाइली इफेक्टिभ पिपुल” सेल्फहेल्प साहित्यमा अत्यन्तै प्रसिद्ध छ । यसको कारण हो हामी जे बन्छौं त्यो हाम्रो बानीले निर्धारण गर्छ । सफल हुनको लागि सफलतालाई सहायक हुने बानीहरूको विकास गर्नुपर्छ । सफलतामा बाधक हुने खालका बानीहरू हटाउनुपर्छ । बानी भनेको नियमित अभ्यासले निर्माण हुन्छ । सफलता भनेको पनि शारीरिक सुगठन जस्तै हो । शारीरिक सुगठन चाहनेले नियमित व्यायाम गर्नुपर्छ । व्यायामलाई बानीको रूपमा विकास गर्नुपर्छ । त्यसरी नै सफलता चाहनेले आफू जुन क्षेत्रमा सफल हुनखोजेको हो, त्यस क्षेत्रमा निरन्तर अभ्यास गर्नुपर्छ । अभ्यासलाई कार्यको रूपमा मात्र होइन, बानीकै रूपमा विकास गर्नुपर्छ । महात्मा गान्धीको प्रख्यात भनाइ छ—

“Your beliefs become your thoughts,
Your thoughts become your words,
Your words become your actions,
Your actions become your habits,
Your habits become your values,
Your values become your destiny.”
― Gandhi

अर्थात,

विश्वास विचार बन्छ ।
विचार शव्द बन्छ ।
शव्द कार्य बन्छ ।
कार्य बानी बन्छ ।
बानी मूल्य (भ्यालु) बन्छ ।
मूल्य नै नियति बन्छ ।

सुख,शान्ति र सफलता

कतिपय मानिसहरू सफलताको पछि लाग्न नहुने धारणा राख्छन् । यसको कारण हो सफलताको पछि लाग्ने मानिसको मनमा शान्ति हुँदैन । भौतिक वा आर्थिक रूपमा सफल मानिसहरू खुशी हुन्छन् भन्ने छैन । तिनीहरूमा धेरै मानसिक तनाव पनि हुनसक्छ । यस हिसाबले सफलता शान्तिको दुश्मन हुनआउँछ । त्यसैले कतिपय मानिसहरू सफलताकै विरोधी पनि छन् । तर बुद्धको अष्टांगिक मार्गको अनुशरण गर्ने हो भने सफलता, खुशी र शान्ति एक्कै साथ पाउन सकिन्छ ।


कतिपय मानिसहरू सफलताकै विरोधी पनि छन् । तर बुद्धको अष्टांगिक मार्गको अनुशरण गर्ने हो भने सफलता, खुशी र शान्ति एक्कै साथ पाउन सकिन्छ ।


जब जीवनबारे हाम्रो दृष्टि स्पष्ट हुन्छ र व्यापक हुन्छ, हाम्रो बुझाइ (विवेक) गहिरिन्छ । यसले हामीलाई दुःखको अवस्थामा पनि धैर्यवान बनाउँछ । ठूलो संकल्पले पनि मानिसलाई दुःखमा पनि खुशी बन्न सघाउँछ । जस्तो कि महात्मा गान्धी वा नेल्सन मण्डेलाले जीवनमा जेल भोगे, अनेकन कष्ट भोगे । त्यसमा उनी दुःख मनाउँदैनन्, किनभने उनको दूरदृष्टि (भिजन) ठूलो थियो र संकल्प बलियो थियो ।

सम्यक वाचन, सम्यक कर्म, सम्यक आजीविका र सम्यक व्यायामले  मानिसलाई सफलता दिन्छ । अन्तिम दुई अर्थात सम्यक स्मृति र सम्यक समाधिले निश्चित रूपमै मानिसलाई मानसिक शान्ति दिन्छ ।

यसरी बुद्धले देखाएको बाटोबाट हामीले सुख, शान्ति र सफलता सँगसँगै पाउनसक्छौं । तर त्यसलाई विस्तृत र गहिराइमा बुझ्न जरूरी छ, साथै अभ्यास गर्नु पनि । आउँदा लेखहरूमा अष्टांग मार्गका प्रत्येक अंगको छुट्टाछुट्टै विवेचना गरिने छ ।

आर. मानन्धर दर्शन शास्त्रका अध्येता हुन् ।  बौद्ध दर्शनसम्बन्धी उनका रचनाको यो श्रृङ्खला रातोपाटीमा पाक्षिक रुपमा प्रकाशितहुनेछ

Title Photo:https://i.ytimg.com


रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.