आइतबार, ३१ चैत २०८१
ताजा लोकप्रिय

कोरोना भाइरसका कारण चीन बाहिर पहिलो मृत्यु

आइतबार, १९ माघ २०७६, २३ : ४२
आइतबार, १९ माघ २०७६

एजेन्सी । कोरोना भाइरसका कारण फिलिपिन्समा पनि एक जनाको मृत्यु भएको छ । सो भाइरसका कारण चीनमा सयौं जनाको मृत्युपछि चीन बाहिरका देशमा संक्रमित बिरामीको मृत्यु भएको यो पहिलो घटना हो ।
फिलिपिन्समा मर्ने ४४ वर्षीय बिरामी चिनियाँ मुलका वुहान निवासी भएको बताइएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार फिलिपिन्स आउनुअघि यी व्यक्तिलाई कोरोना भाइरस लागेको थियो।  चीनमा कोरोना भाइरसको कारण अहिलेसम्म ३०० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ र १४०० भन्दा बढी व्यक्ति संक्रमित रहेको बताइएको छ ।

यो भाइरसबाट महामारी फैलिने डरले अमेरिका, अष्ट्रेलियालगायत धेरै देशहरूले चीनबाट आउने मानिसहरूलाई प्रतिबन्ध समेत लगाइसकेका छन् । Photo: BBC

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप