शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अमेरिकाको फ्लोरिडामा गोली चल्यो, २ जनाको मृत्यु

आइतबार, १९ माघ २०७६, २३ : २३
आइतबार, १९ माघ २०७६

एजेन्सी । संयुक्त राज्य अमेरिकाको फ्लोरिडा राज्यमा गोली चल्दा कम्तीमा दुई व्यक्तिको मृत्यु भएको अमेरिकी प्रहरीले बताएको छ । स्थानीय समय अनुसार दिउँसो २ः३० बजे गोली चलेको अधिकारीले बताएका छन् भने घटनामा दुईको मृत्यु भएको र दुई जनासख्त घाइते भएका जनाइएको छ ।

प्रहरीका अनुसार रिभेरा विचस्थित एक अन्त्येष्टि समारोहपछि गोली चलेको थियो । गोली लागि मृत्यु हुनेमध्ये १५–बर्षीय किशोर र एक वयस्क पुरूष रहेका छन् । घाइते एक नावालक र वयस्क पुरूषको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

आक्रमणकारीले करिब १३ राउण्ड गोली चलाएको एक प्रत्यक्षदर्शीले बताए । आक्रमणबारे अनुसन्धान भइरहेको बताइउको छ । अहिलेसम्म घटनामा सम्लग्न भएको आरोपमा कसैलाई पक्राउ गरिएको छैन । आक्रमणको कुनै समूहले जिम्मेवारी लिइनसकेको अमेरिकी अधिकारीहरूले बताएका छन् । Photo: CNN

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप