राप्रपा महाधिवेशन आगामी जेठमा

राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्य समितिको बैठकले महाधिवेशन आगामी जेठ २५ गते काठमाडौँमा गर्ने निर्णय गरेको छ ।
यही माघ १७ गतेदेखि काठमाडौँमा बसेको बैठकले अबदेखि महाधिवेशनका सम्पूर्ण प्रतिनिधिहरु सम्बन्धित प्रदेश निर्वाचन क्षेत्रभित्र रहेका सक्रिय सदस्यबाट प्रत्यक्ष रुपमा निर्वाचित भएर आउने नयाँ व्यवस्था गरेको छ ।
निर्वाचन विनियमावली २०७६, निर्देशिका २०७६ र कार्यतालिका सामान्य परिमार्जन पारित गरिएको केन्द्रीय सदस्य देवेन्द्र प्रधानले जानकारी दिनुभयो । धर्म परिवर्तन गर्ने गराउने कार्यलाई निरुत्साहित गर्न तथा यस्ता कार्यमा संलग्नलाई कडा कारवाही गर्न बैठकले सरकारसँग माग गरेको छ ।
हिन्दू राष्ट्रलगायत लोकतन्त्रको पुनःस्थापना, भ्रष्टाचार नियन्त्रण, बेरोजगारी समस्या समाधानजस्ता विषयलाई लिएर फागुन र चैतमा विभिन्न जिल्लामा स्वाभिमान यात्रा सञ्चालन गरिने पार्टीले जनाएको छ ।
नेपालको पूर्वाधार विकासको निमित्त अमेरिकी सरकारको आर्थिक सहायताका देखापरेका विवाद र बहसका बारेमा धारणा स्पष्ट पार्न सरकारसँग आग्रह गर्दै बैठकले लिम्पियाधुरा, लिपुलेक, कालापानी र सुस्ता नेपालको अविभाज्य भूमि भएकाले अतिक्रमित भूमि फिर्ता गराउन तथा कालापानीबाट भारतीय सेना फिर्ता गराउन प्रभावकारी कूटनीतिक प्रयास चाल्न सरकारसँग माग गरेको छ ।
बैठकले चीनमा कोरोना भाइरसबाट प्रभावित क्षेत्रमा रहेका नेपालीलाई तत्काल उद्धार गर्न, स्वदेश ल्याउन र सङ्क्रमित देखिएमा उच्च सावधानीका साथ चिकित्सकीय सुविधा उपचारको प्रबन्ध गर्न सरकारलाई आग्रह गरेको
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तोरीखेती गर्ने क्षेत्रफलसँगै बढ्यो उत्पादन, यो पल्ट तीन हजार ३४ मेट्रिक टन
-
आलु उब्जाएर तीन महिनामा आठ लाख आम्दानी
-
च्याम्पियन्स लिग : इटालीको इन्टर मिलान सेमीफाइनलमा, अबको भिडन्त बार्सिलोनासँग
-
आर्सनल च्याम्पियन्स लिगको सेमीफाइनलमा, घरेलु मैदानमा पनि हार्यो रियाल मड्रिड
-
प्रिमियर लिगको तेस्रो स्थानमा उक्लियो न्यूक्यासल
-
टेण्डर भएको तीन वर्षमा पनि निर्माण नभएपछि सडकमै रोपियो केराका बोट