सन्दीपले एक विकेट बराबर ८ हजार ८ सय ४८ रुपैयाँ सहयोग गर्ने
आइतबार, १९ माघ २०७६, २१ : ०२

काठमाडौं । नेपालका चर्चित लेग स्पिनर सन्दीप लामिछानेले माघ २२ गतेदेखि हुने आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा एक विकेट बराबर ८,८४८ रुपैयाँ चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माणमा सहयोग गर्ने भएका छन् ।
सन्दीपले आइतबार सामाजिक सञ्जालबाट सिरिजमा आफुले लिने प्रत्येक विकेट बराबर उक्त रकम सहयोगको घोषणा गरेका हुन् ।
सन्दीपले नेपाली क्रिकेट समर्थकलाई धेरै विकेट लिन आफुलाई शुभकामना दिन आग्रह पनि गरेका छन् । ‘म नेपाल क्रिकेटलाई एक शक्तिको रुपमा हेर्न चाहान्छु । जसलाई कसैले बेवास्ता गर्न सक्दैनन् । नेपालको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण चाँडै नै यथार्थमा परिणत हुनेछ,’ उनले भनेका छन् ।
कीर्तिपुर मैदानमा २९ गतेसम्म चल्ने सिरिजमा नेपाल, अमेरिका र ओमनबीच प्रतिस्पर्धा हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा नेपालको कोशी प्रदेश अन्तर्गतका ११ पालिका समितिमा नयाँ नेतृत्व निर्वाचित
-
३२०० एनआरएनले एकता महाधिवेशनमा भाग लिने, काठमाडौँमा चहलपहल सुरु
-
‘कसैलाई पीडा नहोस् भनेर मेरी आमाले रोग लुकाएर पाल्नुभयो’
-
कर्णाली राष्ट्रिय मुक्ति मोर्चा पुनर्गठित, चरणबद्ध कार्यक्रमको घोषणा
-
सांसद राई पक्राउ गरेको बारे सभामुखलाई जानकारी
-
गभर्नर नियुक्तिमा फेरिएको ओलीको अडान