शुक्रबार, ११ असोज २०८१
ताजा लोकप्रिय

गुण्डागर्दीमा संलग्न रहेको अभियोगमा २ जना पक्राउ

आइतबार, १९ माघ २०७६, १८ : २१
आइतबार, १९ माघ २०७६

काठमाडौँ । गुण्डागर्दीमा संलग्न रहेको अभियोगमा प्रहरीले दुई जनालाई राजधानीको ठमेलबाट पक्राउ परेको छ । 

पक्राउ पर्नेमा मनाङको नेसाङ अजय भनिने कोर्ते गुरुङ र टासी गुरुङ रहेका छन् । 

उनीहरु काठमाडौको ज्याठामा रहेको होटल संकटा एण्ड अपार्टमेण्टको कोठामा तीन महिनादेखि बस्दै आएको तर होटल सञ्चालकले पैसा माग्दा उल्दै धारिलो हतियार देखाउँदै धम्क्याएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ । होटल सञ्चालकको उजुरीको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । 

दुबै जना यस अघि पनि बिभिन्न गुन्डागर्दी कार्यमा संलग्न रहेका बुझिन आएको महाशाखाले जनाएको छ । उनरुमाथि थप अनुसन्धान भइरहेको बताइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप