आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

पार्टीको निर्देशन तीनै तहका सरकारले मान्छन् : प्रधानमन्त्री ओली

आइतबार, १९ माघ २०७६, १७ : २५
आइतबार, १९ माघ २०७६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अबदेखि तीनै तहका सरकारले पार्टीको निर्देशन मान्ने बताएका छन् । 

केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकको समापन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी ओलीले केन्द्रीय सरकार, प्रदेश सरकार र स्थानीय तहका सरकारले पार्टीको निर्देशन मानेर जाने बताएका हुन् । 

जनतामा सुशासन र स्वच्छताका लागि नेकपा नेतृत्वको सरकार बनेको भन्दै पार्टीले नै सरकार चलाउने भएकाले पार्टीको निर्देशन सरकारले मानेर जानुपर्ने बताएका हुन् । 

केन्द्रीय कमिटी बैठकमा नेताहरुले सरकारले पार्टी चलाएको हो वा पार्टीले सरकार चलाएको भन्दै पार्टीको निर्देशनमा सरकार चल्नुपर्ने माग राखेका थिए ।

 सोही मागलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ‘विधि प्रणाली, पद्धतिमा पाटी चल्छ । सामूहिक नेतृत्वमा पार्टी चल्छ । सरकारलाई पार्टीले सहयोग गर्छ’ भन्ने धारणा राखेका हुन् । 

उनले कुनैपनि तहको सरकारमा रहेका आफ्ना पार्टीका नेता कार्यकर्ताहरुले भ्रष्टाचार गरेको फेला परे कडा कारवाही हुने चेतावनी समेत दिए । 

यसअघि अर्का अध्यक्ष प्रचण्डले बैठकमा भएका छलफलबाट प्राप्त सुझावलाई मनन गर्दै पार्टी अघि बढ्ने बताए । 

बैठकमा अध्यक्षद्वयको जवाफपछि पार्टी तथा सरकार सञ्चालनको शैलीप्रति असन्तुष्टि जनाएका नेताहरुले नेतृत्वले आफ्ना मागहरु सम्बोधन गर्ने प्रतिवद्धता जनाएकाले बैठक ऐतिहासिक बनेको प्रतिकृया दिएका छन्  ।

 स्थायी समिति सदस्य भीम रावलले पार्टी तथा सरकार विधि र प्रणालीमा चल्छ भनेर नेतृत्वले गरेको प्रतिवद्धतालाई सकारात्मक लिनुपर्ने प्रतिकृया दिए ।

 ‘पार्टी र सरकारका लागि मात्रै होइन, राष्ट्रिय एकता र अखण्डतालाई अक्षुण राख्न समेत यो बैठक फलदायी बनेको छ’, नेता रावलको प्रतिकृया छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप