यी हुन् बलिउडका ६ विवादित विवाह
मुम्बई । बलिउड कलाकार रिलेसन र प्रेम जीवनका कारण हमेशा चर्चामा छाउने गर्दछन् । कयौंपटक कलाकार आफ्नो च्वाइस अथावा विवाहका कारण पनि विवादमा फसेका छन् । जुन उनीहरुले अनुमान लगाएको भन्दा भिन्न रहने गरेको छ । अहिले यहाँ केही कलाकारको विवादस्पद विवाहको चर्चा गर्न खोजिएको छ ।
ऋषि कपुर र नितु सिंह :
८० को दशकमा ऋषि कपुरले नितु सिंहको प्रेम रोमान्सलाई विवाहमार्फत रियललाइफ परिवर्तन गरे । ९० को दशकमा उनीहरुबीच असमझ्दारी बढ्यो । जसको कारणले नितुले धरेलु हिंसाको आरोप पनि लगाइन् । तर उक्त विवादले ठुलो रुप लिन पाएन । अहिले उनीहरु ३३ बर्षदेखि एकसाथ छन् ।
बोनी कपुर र श्रीदेवी :
बोनी र श्रीदेवीको विवाह खबरमा बलिउड आचार्यमा परेको थियो । बोनी बिवाहित तथा दुई बच्चाका पिता थिए । बोनीसँग बिवाह अगाडिनै श्रीदेवी गर्भवती भएको रहस्य बिवाहपछि मात्र खुलेको थियो ।
अमिताभ बच्चन र जया :
फिल्म जन्जीरको सेटमा अमिताभ र जयाबीच प्रेम टुसाएको थियो । दुबैले हतारमा बिवाह समेत गरे । बिवाह पछि दुबैको सम्बन्धमा कयौंपटक बिवाद भयो । तर पनि दुबैको सम्बन्ध भने टुटेन । अहिले यी जोडीले बिवाह गरेको ४५ वर्ष भयो ।
बिपाशा बसु र करण सिंह ग्रोवर :
बिपाशा र करणको बिवाहलाई लिएर धरै बिवाद श्रृजना भयो । जोन अब्राहमका साथ ब्रेकअ पछि उनले करण राजेकी थिइन् । करणको बिपाशासँगको बिवाह अघिनै दुई डिबोर्स भएको थियो । यस कारणले उनीहरुको सम्बन्धमा धेरै उतार चढाप आयो ।
अमृता सिंह र सैफअली खान :
अमृताले सैफसँगको प्रेमका लागि इस्लाम धर्ममा पनि परिवर्तन गरेकी थिइन् । उनको सैफभन्दा १३ बढी उमेर थियो । १९९१ मा दुबैले बिवाह गरेका थिए । बिवाहपछि अमृताले अभिनय करियर छोडेर गृहणी बनिन् । २००४ मा उनीहरुबीच बिर्डाेस भयो ।
हेमा मालिनी र धमेन्द्र :
हेमा र धमेन्द्रको बिवाहपछि निकै बिवादमा रह्यो । धमेन्द्रले आफु बिवाहित हँुदा हँुदै पनि हेमासँग १९८० मा बिवाह गरे । सो समय धमेन्द्रको श्रीमतीले डिबोर्स दिन अस्वीकार गरिन् । त्यसपछि दुबैले इस्लाम धर्म अपनायर बिवाह गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऐन महरमाथि ‘बलात्कार’ मुद्दामा अनुसन्धान गर्न अदालतको आदेश
-
एनआरएनएको एकता महाधिवेशन गराउन भन्दै अघि बढे घले, कार्यविधि पारित
-
बढुवा भएका २५ एसएसपीलाई दर्ज्यानी चिन्ह प्रदान
-
भारतमा पुष्पक रेल दुर्घटना : मृत्यु हुनेको संख्या ११ पुग्यो
-
सर्वत्र आलोचनापछि पासाङलाई उपाध्यक्ष बनाउने प्रचण्डको योजना स्थगित
-
अर्शदीप सिंहले रचे इतिहास