वुहानमा रहेका १७७ नेपाली विद्यार्थी फिर्ता ल्याइँदै, संक्रमितलाई नेपालमै यसरी गरिनेछ उपचार
काठमाडौँ । चीनको वुहानमा रहेका १७७ नेपाली विद्यार्थीलाई नेपाल ल्याइने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी १७७ जना विद्यार्थीलाई नेपाल ल्याउने तयारी भएको जानकारी दिएको हो । चीनको वुहानमा कोरोना भाइरसको संक्रमण फैलिएपछि नेपाली विद्यार्थीलाई नेपाल फिर्ता ल्याउन लागिएको हो ।
बेइजिङस्थित नेपाली दूतावासले उहानमा रहेका नेपाली विद्यार्थीहरुलाई सुरक्षित तबरले नेपाल ल्याउनका लागि फाराम भर्न शनिबार नै सूचना जारी गरिसकेको छ ।
उनीहरुलाई नेपाल ल्याइँदा चीनबाट प्रस्थान गर्ने विमानस्थलमा स्वस्थ्य परीक्षण हुनेछ भने त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा पनि फेरि स्वास्थ्य परीक्षण गरिनेछ ।
चेकजाँचको क्रममा संक्रमण भएको पाइए उपत्यकाको विभिन्न अस्पतालमा व्यवस्था गरिएको आइसोलेसन वार्डमा राखी उपचार गर्ने व्यवस्था सरकारले मिलाएको छ ।
यस्तै कोरोनाको संक्रमणको आशंका भएकालाई पनि अन्तर्राष्ट्रिय मापदण्डअनुसार दुई साता निगरानीमा राखिने मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता मोहन प्रसाद श्रेष्ठले शंकास्पद हवाइ यात्रुलाई दुई हप्ता निगरानीमा राख्नका लागि १ सय ५० जना अट्ने क्षमता भएको भवनको खोजी भइरहेको जानकारी दिए ।
चीनबाट आएका नेपाली नागरिकलाई छुट्टै क्वारेन्टइनमा राख्नका लागि भक्तपुरको विद्युत तालिम केन्द्र, स्टाफ कलेज जावलाखेल र कृर्तिपुरको केही सम्भावित क्षेत्रहरुको अवलोकन गरिरहेको उनले बताए ।
सरकारले नेपालीलाई उद्दार गर्न जहाज तयारी अवस्थामा राखेको भएपनि कहिले पठाउने भन्नेबारे चाहिँ टुंगो लागिसकेको छैन ।
कोरोना भाइरस वुहानबाटै फैलिएको हो भने अहिले चीनमा यो रोगले भयावह रुप लिएको छ ।
नोवेल कोरोना भाइरसको संक्रमण फैलिएपछि वुहानबाट अमेरिका,जापान, श्रीलङ्का, अष्ट्रेलिया लगायतका मुलुकले आफ्ना नागरिकलाई स्वदेशमा फर्काइसकेको छन् ।
वैदेशिक रोजगारीमा जाने नागरिकमाथि लुट
वैदेशिक रोजगारीमा जाने नागरिकलाई कोरोना भाइरस जाँच्ने नाममा विभिन्न स्वास्थ्य संस्थाहरुले आर्थिक लुट मच्चाएको प्रवक्ता श्रेष्ठले बताए । अन्य मेडिकल चेकजाँचसँगै कोरोना भाइरसको जाँच गर्ने भन्दै नागरिकबाट महँगो शुल्क उठाएको उनले बताए ।
मन्त्रालयको अनुमतिबिना विभिन्न ल्याब तथा स्वास्थ्य संस्थाहरुले नागरिकलाई झुक्याउने काम गरेको उनले बताए । जवरजस्ती कोरोना भाइरसको टेष्ट गराउनेलाई कारबाहीको दायरामा ल्याउने समेत उनले बताए ।
यसैबीच चीन लगायत विभिन्न राष्ट्रमा नोवेल कोरोना भाइसरको संक्रमण फैलिएपछि काठमाडौं उपत्यकामा मास्कको अभाव हुन थालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्गा प्रसाईंको रिट खारेज गर्ने सर्वोच्च अदालतको फैसला
-
‘कार्साङ’को हिरो दयाहाङ कि जितु ?
-
अभियानको म्याद थप्ने तयारीमा जसपा नेपाल
-
सौर्य एयरलाइन्स दुर्घटना : पीडितले दिए संसदीय समितिमा उजुरी
-
बोर्ड अध्यक्षको पहिलो निर्णय : एभरेस्ट बैंकलाई ऋणपत्र निष्कासनको अनुमति
-
सशस्त्रमा दरबन्दी थप्न ओएण्डएम प्रस्ताव