शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाभाइरसलाई अलग्याउन जापान सफल, औषधी तथा खोप निर्माणमा सहयोगी हुने

आइतबार, १९ माघ २०७६, १७ : ०५
आइतबार, १९ माघ २०७६

एजेन्सी । जापानको नेसनल इन्स्टीच्युट अफ इन्फेक्टिसियसले नयाँ कारोनाभाइरसलाई विस्तार गर्न र अलग्याउन सफल भएको जानकारी दिएको छ ।

उक्त अलग्याइएको भाइरस एक जना जापानी संक्रमित व्यक्तिको शरीरबाट लिइएको थियो ।

अलग्याइएको भाइरस प्रयोग गरेर इन्स्टिच्युटले अब नयाँ खोप तथा औषधी विकासको काम सुरु गर्नेछ । त्यस अतिरिक्त रोग छिटो पहिचान गर्ने उपकरण विकासमा पनि सहयोग हुनेछ ।

भाइरस एक्लाइएपछि अनुसन्धानदाता तथा औषधी निर्माता कम्पनीले तिनको संक्रमण प्रक्रिया खोज गर्छन् र तिनको विशाक्ततालाई निस्तेज पार्ने अनुन्धानमा पनि सहयोगी हुन्छ ।

इन्स्टीच्युटका अनुसार अलग्याइएको भाइरसमा थप संक्रमण गराउने वा थप विशाक्ताता गराउने जीन म्युटेसन भने थिएन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप