लिम्पियाधुरासमेत समेटेर नेपालको नयाँ नक्सा जारी गर्न सरकारलाई नेकपाको निर्देशन
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठकले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नेपालको नक्सा जारी गर्न सरकारलाई निर्देशन दिएको छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय समितिमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको नक्सा जारी गर्न निर्देशन दिइसकेको बताएका हुन् ।
उनले अव छिट्टै सरकारले नयाँ नक्सा जारी गर्न लागेको समेत जानकारी दिएका छन् ।
त्यस्तै बैठकमा अध्यक्ष प्रचण्डले यति होल्डिङ्स बारे नेपाल ट्रस्टका अध्यक्ष समेत रहेका रक्षामन्त्री ईश्वर पोखरेललाई स्वेतपत्र जारी गर्न निर्देशन दिइएको जवाफ पनि दिएका थिए ।
नेकपा बैठकमा पार्टीको निर्देशनमा सरकार चल्नुपर्नेमा सरकारको निर्देशनमा पार्टी चलेको जस्तो अनुभूति भएको भन्दै केन्द्रीय सदस्यहरुले आलोचना गरेका थिए । त्यस्तै पार्टी र सरकार विधिसंगत ढंगले चलाउनुपर्ने केन्द्रीय सदस्यहरुले सुझाव दिएका थिए ।
तीनवटै प्रस्ताव पारित
केन्द्रीय समिति बैठकले अधयक्ष केपी शर्मा ओली र प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन तथा महासचिव विष्णु पौडेलले पेश गरेको सांगठानिक तथा विधान संशोधन प्रतिवेदन सर्वसम्मत पारित भएको नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायलले गाजामा गर्यो आक्रमण : २९ जनाको मृत्यु
-
नेपालमा चोरी, भारतमा बिक्री : ६ वटा मोटरसाइकलसहित गिरोह पक्राउ
-
पर्सामा लागुऔषध रोकथामसम्बन्धी तीन महिने सचेतनामूलक कार्यक्रमको शुभारम्भ
-
‘योजनामा हुने बेथितिको अन्त्य गर्न कानुन बनाएर सरकारले काम गरिरहेको छ’
-
पकली खानेपानीमा कांग्रेस-एमाले गठबन्धन पराजित गर्दै माओवादीका उम्मेदवार विजयी
-
सरकारले हलुका रूपमा लियो कि शिक्षकहरूले मानेनन् ?