आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

ट्रम्पको मध्यपूर्व योजना नमान्ने अरब लिगको घोषणा

प्यालेस्टाइनीको लागि अपमानजनक भएको टिप्पणी
आइतबार, १९ माघ २०७६, १५ : ३४
आइतबार, १९ माघ २०७६

एजेन्सी । अरब लिगले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्य–पूर्व योजनालाई पूर्ण रुपमा अस्वीकार गरेको छ । यो योजनाले शान्ति सम्झौता ननिम्त्याउने लिगले बताएको छ ।

शनिबार अरब राष्ट्रहरुको छाता संगठन अरब लिगले एक वक्तव्य जारी गरेर भन्यो, ‘प्यालेस्टाइनी जनताको न्युनतम अधिकार र सपनासमेत पुरा नगर्ने अमेरिकी–इजरायली पक्षले ल्याएको तथाकथित ‘शताब्दीको सम्झौता’लाई हामी मान्दैनौँ । ’

अरबी राज्यले ‘यो योजना कार्यन्वयन गर्नको लागि अमेरिकी प्रशासनसँग सहकार्य नगर्ने’ सहमती पनि गरेका छन् ।

इजरायले पनि सम्झौतालाई बलजफ्ती प्रयोग गर्न नहुने सङ्गठनले बतायो । तिनले दुई राज्य अवधारणालाई समर्थन गर्ने बताएका छन् ।

भावी प्यालेस्टाइनी राज्यको सिमाना सन् १९६७ को युद्धअघिको सिमाना अनुरुप हुनुपर्ने पनि संगठनले बताएको छ । युद्धमा इजरायलले वेस्ट ब्याङ्क, गाजाको ठूलो हिस्सा र पूर्वी जेरुसेलमलाई कब्जा गरेको हो ।

तिनले पूर्वी जेरुसेलमन राजधानी हुने गरी भावि प्यालेस्टाइन राज्यको माग गरेका छन् ।

उक्त सत्रको माग प्यालेस्टाइनी अथोरिटीका प्रमुख मोहमद अब्बासले गरेका थिए । उनले अरबी राष्ट्रलाई ट्रम्पको योजनाविरुद्ध स्पष्ट प्रस्ताव ल्याउन आग्रह गरेका थिए ।

ट्रम्पले अघिल्लो हप्ता १८१ पृष्ठको मध्य–पूर्व प्रस्ताव ह्वाइट हाउसमा सार्वजनिक गरेका थिए । उक्त प्रस्ताव अनावरण गर्दा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहू ट्रम्पसँग उपस्थित थिए ।

‘अपमानमानजनक ’

ट्रम्पले ‘शताब्दीको सम्झौता’ नाम दिएको योजना इजरायलसँगको सरसल्लाहपछि मङ्गलबार सार्बजनिक गरिएको थियो ।

सम्झौताको क्रममा इजरायलसँग नजिक रहेर सम्झौता तयार गरिएको भए पनि प्यालेस्टाइनसँग सम्पर्क पनि गरिएको थिएन ।

प्रस्तावित योजनामा प्यालेस्टाइनी भाग वेस्ट ब्याङ्कको ठूलो हिस्सामा इजरायलीले अधिकार पाउनेछ । त्यसमा इजरायले प्यालेस्टाइनमा बनाएको अवैध रुपमा बनाएको बसोवास पनि पर्छ ।

वैठकमा अब्बासले सन् १९४८ अघिदेखि ट्रम्पको मध्य–पूर्व योजनासम्म अवधिमा प्यालेस्टाइनी भूभागमा आएको ह्रासको नक्सा देखाउदैं भने, ‘तपाईंहरुलाई हामीलाई नक्सामा ठम्याएर देखाउनुस् । यदी तपाईंले पहिलो कक्षामा पढ्ने विद्यार्थीलाई ट्रम्पको प्रस्ताव अनुरुपको नक्सा बनाउन भन्नुभयो भने उसले कसरी गर्ने थाहै पाउँदैन ।’

‘यो अपमानजनक कुरा हो,’ अब्बासले भने ।

‘स्पष्ट घोषणा’

अब्बासले प्यालेस्टाइनीहरु इजरायली नियन्त्रणको अन्त्य गर्नुपर्नेमा प्रतिबद्ध रहेको र पूर्वी जेरुसेलम राजधानी रहने गरी प्यालेस्टाइनी राज्य निर्माण गर्ने वाचा गरे ।

ट्रम्पको योजनामा जेरुसेलमबाहिर रहेको अबु दिसलाई भावि प्यालेस्टाइनी राज्यको राजधानी मान्ने उल्लेख छ । यसलाई पनि प्यालेस्टाइनी पक्षले अस्वीकार गरेको छ ।

अरब लिगका प्रमुख अहमद अबु–घेइटले प्रारम्भिक अध्ययन गर्दा योजनाले ‘त्यस भूभागमा प्यालेस्टाइनी वैधानिक अधिकारलाई’ अस्वीकार गरेको बताए ।

प्यालेस्टाइनी प्रतिक्रिया ‘सामूहिक अरब अडान’लाई आकार दिन महत्त्वपूर्ण हुने घेइटले बताए ।

तर विगतमा इजरायली कदमविरुद्ध अरबी राष्ट्रहरुले जुन एकताका साथ विरोध गर्थे यो पटक त्यस्तो देखिएन ।

ध्रुविकृत अरबी राष्ट्रहरु

वासिङ्टनमा ट्रम्पले मध्य–पूर्व सम्झौता अनावरण अवसरमा संयुक्त अरब एमिरेट, बहराइन र ओमनको राजदूतसमेत सहभागी भएका थिए ।

त्यस्तै अमेरिका नजिकका अरबी मित्रशक्ति साउदी अरब र इजिप्टले ट्रम्पको शान्ति प्रयासको प्रशंसा गर्दै वार्ता सुचारु गर्न आह्वान गरेका छन् ।

विज्ञहरु अरबी राज्यबाट आएको ध्रुविकृत प्रतिक्रिया अनौठो नभएको बताउँछन् । इरानसँगको द्वन्द्वको सम्भावनाका बीच वासिङ्टनलाई चिढ्याउन हुँदैन भन्ने केही अरबी राष्ट्रमा परेको तिनको विचार छ ।

‘जनवरीमा अमेरिका–इरानबीचको छोटो सैन्य घर्षणपछि खाडी मुलुकलाई वासिङ्टन तिनको एक मात्र संरक्षक हो भन्ने परेको छ,’ प्यालेस्टाइनी लेखेक तथा पत्रकार राम्जी बरुदले भने ।

‘केही अरबी राष्ट्रले प्यालेस्टाइनको साथ पूर्ण रुपले छाडिसकेका पनि छन् । इरानलाई आफ्नो सबैभन्दा ठूलो क्षेत्रीय शत्रु ठानेर ती इजरायलसँग नजिकिन थालेका छन्,’ बरुदले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप