बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपाका केन्द्रीय सदस्यलाई बालुवाटारमा रात्रिभोज !

आइतबार, १९ माघ २०७६, १४ : ०२
आइतबार, १९ माघ २०७६

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा सांसदहरुलाई आइतबार साँझ ६ बजे रात्रिभोज दिइने भएको छ । 

नेकपाका एक केन्द्रीय सदस्यले बताएअनुसार साँझ ६ बजे रात्रिभोजका लागि सवै केन्द्रीय सदस्य तथा सांसदहरुलाई बालुवाटारमा निमन्त्रणा गरिएको छ । 

जारी केन्द्रीय समिति बैठक आइतबारै सक्ने तयारी छ । बैठक सकिएपछि नेताहरु जिल्ला फर्कने भएकाले आजै सबैलाई समेटेर रात्रिभोजको व्यवस्था गरिएको बालुवाटार स्रोतले जनाएको छ । 

केन्द्रीय समिति बैठकमा सरकार र पार्टी नेतृत्वको चर्को आलोचना भइरहेका बेला नेतृत्वले नेताहरुलाई भोज खुवाएर उनीहरुको आक्रोशलाई मत्थर पार्ने प्रयास गरिएको हुनसक्ने एक केन्द्रीय सदस्यले रातोपाटीलाई बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप