प्रहरीमा ‘मेस सुधार’ अभियानः थिमि बृत्त बन्यो नमूना

भक्तपुर । नेपाल प्रहरीमा अधिकृत र जवान कर्मचारीको भान्छा एकै थलोमा हुने भएको छ । त्यसका लागि महानगरीय प्रहरी कार्यालय रानीपोखरीले उपत्यकाका तीनै जिल्लामा रहेका प्रहरी इकाइहरुमा मेस सुधार अभियान सुरु गरेको हो ।
भक्तपुरको रहेको महानगरीय प्रहरी वृत्त थिमिमा प्रहरी अधिकृत एवम् प्रहरी जवान सयुक्त मेस कार्यक्रमको प्रहरी नायव महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलले आइतबार शुभारम्भ गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी नायव महानिरीक्षक पोखरेलले भने ‘हाम्रो आचरणलाई सुधार गरौं भन्दै पहिलो चरणमा मेस सुधार गर्न थालेका हौं ।’
केही समयपछि ट्राफिक प्रहरीहरुलाई लुगा धुन सहज होस् भनेर वासिङ्ग मेशिसन दिने तयारी भइरहेको र अरुमापनि त्यो लागू गर्दै जाने तयारी रहेको पोखरेलले बताए । ‘मेस सुधारको कार्य अन्यत्र जिल्लामा समेत क्रमश लागू गर्दै जाने तयारी प्रहरीले गरिरहेको छ,’ पोखरेलले भने ।
प्रहरीको व्यवसायिकतालाई सुधार गर्न मेस र आरचण धेरै कुरा क्रमश सुधार गर्दै जानुपर्ने समेत प्रहरी नायव महानिरीक्षक पोखरेलको भनाई रहेको छ । वृत्तथिमिका प्रमुख प्रहरी नायव उपरिक्षक (डीएसपी) शान्तिराज कोइरालका अनुसार वृत्तमा मेस सुधार अन्तरगत भान्छा, पिउने पानीको धारा, खाना खाने कोठालगायतका पूर्वाधारहरुको सुधार गरिएको छ ।
सो अवसरमा प्रहरी नायव महानिरीक्षक पोखरेले मेस सुधारको नमुना कार्यको थालनी गरेको भन्दै वत्त थिमिका प्रमखु डीएसपी कोइरालालगायतका केही कर्मचारीलाई सम्मान स्वरुप पुरस्कार प्रदान गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल प्रहरी अस्पताल महाराजगन्जको ४१औँ वार्षिकोत्सव सम्पन्न
-
‘यही व्यवस्था र अवस्थामा भ्रष्टाचारको जालोले देश सकाउँछ’
-
प्रधानमन्त्री ओली अर्घाखाँचीको पाणिनीमा
-
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान नियमित गर्न माग गर्दै आन्दोलनको घोषणा
-
८ दिनदेखि सडकमै छन् शिक्षक, तस्बिरहरू
-
नेपालको आर्थिक वृद्धि ४.४ प्रतिशत हुने एडीबीको प्रक्षेपण