
अमेरिकी क्रिकेट टोली आज आउने

काठमाडौँ । माघ २२ देखि २९ गतेसम्म कीर्तिपुरमा आयोजना हुने आइसीसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, अमेरिका र ओमनबीचको त्रिकोणात्मक क्रिकेट सिरिज खेल्नका लागि अमेरिकी टोली आइतबार (आज) साँझ काठमाडौँ आउँदैछ ।
दुई सातादेखि भारतमा तयारी गरिरहेको अमेरिकी टोली आज साँझ ८ बजे नेपाल आउने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ । ओमन भने सोमबार नेपाल आउने बताइएको छ ।
भारत, अष्ट्रेलिया र अफ्रिकन मुलका खेलाडीको बाहुल्यता रहेको अमेरिकी टोलीका खेलाडीहरुमा सौरभ नेट्रावाल्कर (कप्तान), स्टेभेन टेलर, करिमा गोरे, इयान होल्यान्ड, अक्षय होमराज, एल्मोरे हट्चिनसन, आरोन जोन्स, नोस्थुश केन्जिगे, जेभिएर मार्शल, मोनाङक पटेल, तिमिल पटेल, निसराग पटेल, क्यामरोन स्टेभेन्सन र रस्टी थेरन रहेका छन् ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ