शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

काजोलले छोरीसँग सेयर गरिन् फोटो, प्रशंसक भए फिदा

आइतबार, १९ माघ २०७६, १२ : १९
आइतबार, १९ माघ २०७६

बलिउडकी चर्चित नायिकामध्येकी एक काजोल सोसल मिडियामा निकै सक्रिय छिन् । काजोल आफ्नो फिल्मको प्रोमोशनदेखि परिवार र साथीभाइसँग बिताएका पललाई कैद गरेर सोसल मिडियामा सेयर गर्छिन् । यसबाहेक उनका लुक्स पनि इन्स्टाग्राममा चर्चाको विषय बन्ने गर्छ ।

अब काजोल एकपटक पुनः चर्चामा आएकी छिन् । उनी छोरी न्यासाका कारण चर्चामा आएकी हुन् । काजोलले न्यासासँग इन्स्टाग्राममा दुईवटा फोटो सेयर गरेकी छिन् जसमा उनी निकै सुन्दर देखिएकी छिन् । यो फोटोमा न्यासा काटिकुटी काजोलसँगै देखिएकी छिन् ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 

On the Mumbai roads after so long with my baby .... #sunshinyday #daughterlove

A post shared by Kajol Devgan (@kajol) on

यी फोटो सेयर गर्दै काजोलले लेखिन्, ‘धेरै दिनपछि मेरी छोरीसाग मुम्बई रोडमा ।’ यी फोटोले अहिलेसम्म चार लाख बढी लाइक पाएको छ । यसबाहेक प्रयोगकर्ताले यसमा थुप्रै कमेन्ट पनि गरिरहेका छन् । प्रशंसकले आमा–छोरीको निकै तारिफ गरेका छन् ।

काजोलको परिवारः

स्मरण रहोस्, काजोलले अजय देवगनसँग सन् १९९९ को फेब्रुअरी २४ मा विवाह गरेकी थिइन् । उनीहरुले सन् २००६ को अप्रिलमा छोरी न्यासा र सन् २०१० को सेप्टेम्बरमा छोरा युगलाई जन्म दिए । यी दुई लाइमलाइटबाट टाढा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप