सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

कोरोनाभाइरस : चीन भ्रमण गरेकामाथि प्रतिबन्ध लगाउने देशको सङ्ख्या बढ्दो

आइतबार, १९ माघ २०७६, १२ : ०१
आइतबार, १९ माघ २०७६

एजेन्सी । विश्वभरका कैयौँ देशले कोरोनाभाइरसको विस्तार नियन्त्रण गर्नको लागि चीन भ्रमण गरेर फर्केकाका लागि सीमा बन्द गरेका छन् । अमेरिका र अष्ट्रेलियाले केही दिनभित्रमा चीन भ्रमण गरेका सबै विदेशीलाई प्रवेश निषेध गरेको छ ।

यसअघि नै रुस, जापान, पाकिस्तान र इटालीले यस्तै प्रकारका यात्रा प्रतिबन्ध लगाइसकेका छन् । तर विश्वव्यापी स्वस्थ्य सङ्गठनले भने यस्तो कदमको विरोध गरेको छ ।

यात्रा नियन्त्रणले सूचना बाँडफाड, चिकित्सकीय सामाग्रीको आवातजावतलाई नकारात्मक असर गर्छ । यसले अर्थतन्त्रलाई पनि नोक्सानी पु-याउँछ,’ शुक्रबार विश्व स्वास्थ्य सङ्गठनका प्रमुखले भने ।

विश्व स्वास्थ्य सङ्गठनले सीमा वारपार गर्दा निगरानी गर्नमात्र भनेको थियो । एक देशबाट अर्को देशको यात्राको क्रममा भाइरस फैलिन सक्ने भएकाले निगरानी आवश्यक रहेको उसको भनाइ थियो । 

चीनले यात्रा नियन्त्रणको कदमको विरोध गरेको छ । चीन विदेशी सरकार विश्व स्वास्थ्य सङ्गठनको निर्देशनलाई बेवास्ता गरेको बताएको छ ।

‘विश्व स्वास्थ्य सङ्गठनले यात्रा नियन्त्रण नगर्न सुझाव दिँदादिँदै अमेरिकाले उल्टो दिशा हिँड्यो,’ विदेश मन्त्रालयकी प्रवक्ता हुआ चुन्यीङले भनिन्, ‘यो सद्भावपूर्ण कदम होइन ।’

सङ्क्रमणको पछिल्लो अवस्था के छ ?

२०१९–एनसीओभी नाम दिइएको नयाँ कोरोनाभाइरसबाट मर्नेको सङ्ख्या अहिले ३ सय ४ पुगिसकेको छ ।

मर्ने सबै चीन छन् भने एक जना फिलिपिन्सका छन् । तीमध्ये पनि २९४ हुवेई प्रान्तका छन् । हुवेई प्रान्तमा रहेको वुहान सहरबाट संक्रमणको प्रकोप सुरु भएको थियो । शनिबार एकै दिन हुवेई प्रान्तमा थप ४५ को मृत्यु भयो ।

सो दिन नयाँ सङ्क्रमितको सङ्ख्या २५९० रह्यो । योसँगै कोरोनाभाइरसबाट सङ्क्रमितको कुल सङ्ख्या १४ हजार २८० पुगेको छ ।

चीनबाहिर कोरोना भाइरसका सयभन्दा बढी सङ्क्रमित भेटिएका छन् । बेलायत, अमेरिका, रुस र जर्मनीजस्ता सम्पन्न राष्ट्रमा पनि रोगको जिवाणु पाइएका छन् ।

हुवेई प्रान्तका अधिकारीले लुनार नयाँ वर्षको बिदा १३ अप्रिलसम्म लम्बाएका छन् । त्यस्तै विवाह दर्तालाई अस्थाई अवधिको लागि रद्द गरेको छ । सार्वजनिक स्थानमा भीड नबढोस् भन्नको लागि यो कदम उठाइएको हो ।

चीनले २४ जनवरीबाट नयाँ वर्षको बिदा दिन थालेको हो र मानिसको भेला रोक्नको लागि चिनियाँ अधिकारीले बिदा बढाइरहेका छन् ।

हङकङका अस्पतालमा काम गर्ने कामदारले चीन मूल भूमीसँगको सीमा बन्द नगरे सोमबारबाट हडतालमा जाने पक्षमा मतदान गरेका छन् ।

हङकङ सरकारले विश्व स्वास्थ्य सङ्गठनको सुझाव औल्याउँदै उक्त कदम उठाउन अस्वीकार गर्दै आएको छ ।

यसबीच विश्वभर कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्याले सार्स महामारीबाट पीडितको सङ्ख्यालाई उछिनेको छ ।

तथापि कोरोनाभाइरसबाट मर्ने दर सार्सको तुलनामा निक्कै कम भएकाले अधिकारीले कोरोना प्रकोपलाई सार्सजति प्राणघातक मानिरहेका छैनन् ।

चीनबाहिर कोरोना–भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या (फेब्रुअरी १ को तथ्याङ्क अनुसार)

यी देशका नागरिकमा कोरोना भाइरसबाट सङ्क्रमित भेटिसकेका छन् ।

थाइल्याण्ड : १९

सिंगापुर : १६

जापान : १५

दक्षिण कोरिया : १२

अष्ट्रेलिया, ताइवान : १०

मलेसिया : ८

अमेरिका, जर्मनी : ७

फ्रान्स : ६

भियतनाम : ५

संयुक्त अरब एमिरेट र क्यानडा : ४

इटाली, बेलायत र रुस : २

कम्बोडिया, फिनल्याण्ड, नेपाल, भारत, फिलिपिन्स, श्रीलङ्का, स्पेन र स्वीडेन : १

हङकङ विश्वविद्यालयले कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या अहिले बाहिर आएको आधिकारिक तथ्याङ्कभन्दा धेरै हुनसक्ने बताएको छ । विश्वविद्यालयका विज्ञले वुहान सहरमा ७५ हजारभन्दा बढी सङ्क्रमित भएको हुनसक्ने बताएका छन् ।

विश्वका अन्य देशले कसरी कदम उठाइरहेका छन् ?

पछिल्लो दिनमा यात्रा प्रतिबन्ध तीव्र बढेको छ । बिरलै रुपमा जनस्वास्थ्य सङ्कटकाल घोषणा गर्ने अमेरिकाले पछिल्लो दुई साता चीन भ्रमण गरेका सबै विदेशीमाथि प्रवेश रोक लगाएको छ । अब हुवेई प्रान्तबाट फर्किएका अमेरिकी नागरिकलाई १४ दिन क्वारेन्टाइनमा राखिनेछ । शनिबार अमेरिकाको रक्षा मन्त्रालय(पेन्टागन)ले आफूले १ हजार जनासम्मलाई क्वारेन्टाइनमा बसोबास सुविधा प्रदान गर्ने बतायो ।

क्यालिफोर्निया, कोलोराडो र टेक्सास राज्यका चार सैन्य आधारहरुमा रहेका २ सय ५० कोठा यस प्रयोजनालाई उपयोगमा दिने पेन्टागनले बताएको छ । अष्ट्रेलियाले पनि चीनबाट आउने आफ्ना नागरिकहरुलाई १४ दिन क्वारेन्टाइनमा राख्ने बताएको छ । आफ्ना नागरिकलाई फिर्ता ल्याउनको लागि कैयौँ देशका सरकारले उद्दार अभियान चलाइरहेका छन् ।

शनिबार दिल्लीले वुहानबाट ३२४ आफ्ना नागरिक फिर्ता लग्यो । त्यस्तै जर्मनीले १०० नागरिक फिर्ता लग्यो । आगामी केदी दिनभित्र थाइल्याण्डले पनि आफ्ना नागरिक फिर्ता लाँदैछ ।

रुसले सोमबार र मङ्गलबार हुवेई प्रान्तबाट सयौँ नागरिक फिर्ता लाने क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले बताए । रुसले चिनियाँ नागरिकलाई दिँदै आएको भिषा नलाग्ने पर्यटन भिषामा रोक लगाएको छ । आफ्ना नागरिक फिर्ता लगेका देशले ती नागरिकको लक्षण हेर्नको लागि दुई हप्ता क्वारेन्टाइमा राख्नेछन् ।

पछिल्लो विकासक्रम

–चीनले युरोपेली सङ्घलाई अन्य सदस्य देशबाट चिकित्सकीय सामाग्री पठान आग्रह ग-यो ।

–भियतनाम एयरलाइन्सले चीन, हङकङ् र ताइनवानतर्फको सम्पूर्ण उडान रद्द ग-यो

–क्वान्टास, एयर न्युजील्याण्ड, एयर क्यानडा र ब्रिटिस एयरवेजजस्ता हवाइसेवाले पनि तिनको उडान रद्द गरे ।

–उत्तर कोरियाली नेता किम जोङ उनले चिनियाँ राष्ट्रपतिलाई पत्र लेखेर प्रकोपका लागि सम्वेदना प्रकट गरे ।

–हायात, -याडिसन र हिल्टनजस्ता होटेलले चीन भ्रमण गर्ने भनेर तिनको होटलमा नाम दर्ता गराएकाले चाहेमा दर्ता रद्दा गर्न सक्ने नीतिलाई थप बढायो

–एप्पलले चीनामा रहेको उसको स्टोरलाई अस्थायी समयको लागि बन्द गर्ने बतायो

–बेलायतले चीनमा रहेको दर्जनौं विदेश विभागका कर्मचारीलाई मुलभूमि चीनबाट फिर्ता ल्याउने घोषणा ग-यो

–जर्मनी, इटाली र स्वीडेनमा पनि सङ्क्रमित पुष्टि भयो

–सिङ्गापुरले चीनबाट आएका सम्पूर्ण यात्रुलाई सीमामा रोक्ने घोषणा

चीनमा एकपछि अर्को सहरले अहिले सार्वजनिक यातायातमा रोक लगाइरहेका छन् । यी कदमलाई चिनियाँ नागरिकले समर्थन गरेका छन् ।

तर वुहान प्रशासनले ढिलो गरी प्रकोप विरुद्ध तदारुकता देखाएकाले भने सहरका बासिन्दा रुष्ट छन् । चीनको सर्वोच्च अदालतले सुरुमा भाइरसबारे सूचना बाहिर ल्याउने व्यक्तिलाई धम्की दिएकोमा वुहान प्रहरीको आलोचना गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप