शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पोर्ने देखाएको आरोपविरुद्ध अदालत जानेछन् गणेश आचार्य, भने, ‘हिलो लागेको छ, धुन्छु पनि’

आइतबार, १९ माघ २०७६, १० : २०
आइतबार, १९ माघ २०७६

बलिउड कोरियोग्राफर गणेश आचार्यविरुद्ध केही दिन अघि एक महिला कोरियोग्राफरले आफूलाई जबर्जस्ती पोर्ने देखाएको  आरोप लगाएकी छिन् । आरोप लगाउने महिलाले यसका लागि पुलिसका साथै महिला आयोगमा पनि उजुरी दर्ता गराएकी छिन् ।

यसका लागि गणेश आचार्यले शनिबार मुम्बईमा पत्रकार सम्मेलन आयोजना गरे । उनका अनुसार अंबोली र ओशिवारा पुलिस स्टेशनमा उनले आफूमाथि लागेको आरोपमाथि एनसी फाइल गरेको र उनी अदालत जाने तयारी गरिरहेका छन् । यो मौकामा गणेश आचार्यकी श्रीमती पनि उपस्थित थिइन् र उनले आफू विगत १९ वर्षदेखि गणेशसँग भएको र श्रीमानमाथि पूर्ण विश्वास भएको बताएकी छिन् ।

‘म फोहोर सफा गर्न अघि सरेको छु र तयार छु’

पत्रकार सम्मेलनमा जब गणेशलाई यी आरोपबाट उनको छवीलाई पुग्ने क्षतीबारे प्रश्न सोधियो तब गणेशले भने, ‘जब हिलो लाग्छ तब धोइन्छ पनि । मेरो वा मेरो परिवारलाई यी आरोपबाट समस्या छैन । मानिसहरुलाई के सही के गलत भनेर राम्रोसँग थाहा छ । डान्सर्स र डान्स डायरेक्टर्सबीच फोहोर छ, हिलो लागेको छ भने पनि म त्यो सफा गर्न अघि सरेको छु र त्यो धुन्छु पनि । म यसका लागि तयार छु ।’

म यस्ता कुराले डराउँदिनँः

यो मौकामा गणेश आचार्य र उनका वकिललले आफूहरुले कानूनका सबै विकल्पबारे विचार गरिरहेको जानकारी दिए । गणेशले भने, ‘यदि यस्ता आरोप लगाएर मलाई धम्क्याउने कोसिस गरिएको हो भने, म डराउने वाला छैन । ’

पत्रकार सम्मेलनको क्रममा एउटा भिडियो पनि जारी गरियो । गणेश आचार्यकी श्रीमती विधि आचार्यले पनि यतिबेला श्रीमानलाई पूर्ण समर्थन गरिन् । गणेशका वकिल रविले भने, ‘हामीले कस्ता कानूनी उपचार गर्नेछौं भनेर यसबारे अहिल्यै जानकारी दिँदैनौं । थर सिभिल, क्रिमिनल जे गर्न सक्छौं त्यो गर्नेछौं ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप