बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सभागृहमा जवाफ दिन बालुवाटारमा नेकपा हेडक्वार्टरको बैठक

आइतबार, १९ माघ २०७६, १० : ०२
आइतबार, १९ माघ २०७६

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समितिको दोस्रो पूर्ण बैठक आज (आइतबार) सकिँदैछ । बुधबारबाट सुरु भएको आइतबारको बैठकमा अध्यक्ष तथा महासचिवले जवाफ दिएपछि समापन गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

केन्द्रीय समिति बैठक अघि आजै सचिवालय बैठक बस्दैछ । सचिवालय बैठकमा केन्द्रीय समिति बैठकमा सदस्यहरुले राखेका प्रश्नको जवाफका बारेमा छलफल हुने नेताहरुले बताएका छन् ।

सचिवालय बैठक आइतबार ११ बजे बालुवाटारमा बस्न लागेको महासचिव विष्णु पौडेलले जानकारी दिए । नेकपा घोषणा भएको २१ महिनापछि एजेण्डासहित बसेको नेकपाको केन्द्रीय समिति बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पमकल दाहाल प्रचण्ड र महासचिव विष्णु पौडेलले विभिन्न प्रतिवेदन प्रस्तुत गरेका थिए । ती प्रतिवेदनहरुमा समुहगत रुपमा छलफल भएको थियो ।

१५ समुहमा भएको छलफलमा धेरैजसो नेताहरुले सरकार र पार्टी नेतृत्वको चर्को आलोचना गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप