शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सुनसरीमा बस र माइक्रोबस जुध्दा तीनजनाको घटनास्थलमै मृत्यु

आइतबार, १९ माघ २०७६, ०९ : ५३
आइतबार, १९ माघ २०७६

पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनसरीको इनरुवास्थित पितृवना सडकखण्डमा बस र माइक्रोबस जुध्दा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ । 

पोखराबाट काकडभिट्टातर्फ गइरहेको ना।६ ख ७९५ को जगदम्बा बस र चन्द्रगढी झापाबाट कामठमाडौँतर्फ गइरहेको बा।५ ख ३१५७ नम्बरको माइक्रोबस पूर्वपश्चिम राजमार्गमा आइतबार बिहान ७ः३० बजे ठोक्किएको हो । 

जिल्ला प्रहरी कार्यालय सुनसरीमा विनोद शर्माका अनुसार दुर्घटनामा अन्य ८ जना घाइते भएका छन् । घाइतेमध्ये ३ जनालाई धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र ५ जनालाई इटहरीस्थित अस्पतालमा पठाइएको डीएसपी शर्माले बताए । 

दुर्घटनामा मृत्यु भएका तीनैजनाको सनाखत भएको छैन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप