बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अबको केही समयभित्रै उपत्यकाका सडक व्यवस्थित हुन्छन्ः राज्यमन्त्री मानन्धर

आइतबार, १९ माघ २०७६, ०९ : १२
आइतबार, १९ माघ २०७६

काठमाडौँ । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सरकारले विकासका पूर्वाधार निर्माणमा आधार तयार पारेको बताउँदै आगामी वर्षदेखि देखिनेगरी विकासका प्रतिफल प्राप्तहुने दावी गरेका छन् । 
 
सामुदायिक विकास संघ काठमाडौंले आयोजना गरेको कार्यक्रममा राज्यमन्त्री मानन्धरले यस्तो बताएका हुन् । 

उनले काठमाडौं उपत्यकाको सडकमा भएका खाल्डाखुल्डी पुर्ने र नयाँ पिच गर्ने कामलाई तिव्रता दिइएको बताउँदै अबको केही समयभित्रै उपत्यकाका सडक व्यवस्थित र धुलोरहित हुने समेत दावी गरे । 

यस्तै मानन्धरले काठमाडौं उपत्यकाको सांस्कृतिक गुठी संसक्षण र सञ्चालनको जिम्मेवारी स्थानीय सरकारलाई दिइनु उपयुक्त हुने समेत बताएका छन् । 

काठमाडौं उपत्यकाको सांस्कृतिक र परम्परागत गुठीहरुको संरक्षण र सम्वर्द्धनका लागि स्थानीय सरकारलाई नै जिम्मेवारी दिँदा सहज हुने उनको भनाइ छ । 

सरकारले देशभरका साँस्कृतिक र अन्य गुठीहरुको व्यवस्थापनका लागि गुठी विधेयकलाई वैज्ञानिक तरिकाले परिस्कृत गरेर ल्याउने तयारी गरिरहेको बताउँदै मानन्धरले कतिपय स्थानहरुमा गुठीका जग्गाहरुको विवाद देखिएको बताए ।

 उपत्यकाको गुठीहरुमा जग्गाको विवाद नरहेको बताउँदै मानन्धरले संस्कृति जोगाउने गुठीहरुलाई फरक रुपले हेर्नुपर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप