डर्टमण्डको जीतमा सान्चो र हालान्डको कीर्तिमान

युनियन बर्लिनमाथि सहज जीत निकाल्ने क्रममा बोरुसिया डर्टमण्डका युवा खेलाडीद्वय जाडोन सान्चो र एर्लिङ हालान्डले नयाँ इतिहास रहेका छन् । शनिबार राति भएको खेलमा डर्टमण्ड ५–० को विशाल अन्तरले विजयी बनेको हो ।
खेलमा शुरुवाती गोल गरेका सान्चो बुन्डेस लिगामा २५ गोल गर्ने २० वर्ष उमेर मुनिका पहिलो खेलाडी बनेका हुन् ।
25 - @Sanchooo10 became the first player in the #Bundesliga history to reach the mark of 25 Bundesliga goals before his 20th birthday. Unique. #BVBFCU @BlackYellow pic.twitter.com/rqi3e8xGBR
— OptaFranz (@OptaFranz) February 1, 2020
त्यस्तै, खेलमा दुई गोल गरेका नर्वेजिन खेलाडी हालान्ड बुन्डेस लिगामा कुनै पनि टोलीका लागि शुरुवाती तीन खेलमा सात गोल गर्ने पहिलो खेलाडी बने ।
हालान्डले खेलको १८ औँ र ७६ औँ मिनेटमा गोल गरेका थिए । १९ वर्षीय खेलाडी जनवरीमा रेड बुल साल्जवर्गबाट डर्टमण्ड भित्रिएका हुन् । शुरुवाती दुई खेलमा उनले पाँच गाल गरेका थिए । मात्र १३६ मिनेट खेल्दै हालान्डले उक्त उपलब्धि हात पार्न सफल भएका हुन् ।
डर्टमण्डको जीतमा अन्य गोल बेल्जियन मिडफिल्डर एलेक्स विटसेल र मार्को रिउसले गरे । जीतसँगै डर्टमण्ड लिगको तेस्रो स्थानमा उक्लिएको छ ।
शीर्ष स्थानमा रहेको आरबी लेइपजीग र बोरुसिया मोचेनग्लाडब्याचले २–२ गोलको बराबरी खेलेपछि त्यसको फाइदा उठाउँदै डर्टमण्ड तेस्रो स्थानमा उक्लन सफल भएको हो ।
२० खेलपछि डर्टमण्डको ३९ अङ्क रहेको छ भने दोस्रो स्थानमा रहेको लेइपजीगको ४१ अङ्क रहेको छ । चौथो स्थानमा रहेको मोचेनग्लाडब्याचको समान ३९ अङ्क रहेपछि गोलअन्तरको आधारमा डर्टमण्डले उसलाई उछिनेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुद्रतालको संरक्षणमा जुट्यो ढोरपाटन
-
पशुपतिनाथमा किन गरिन्छ चार प्रहरको विशेष पूजा ?
-
ट्रम्पको जालमा जेलेन्स्की, शुक्रबार अमेरिकामा ‘विशाल सम्झौता’
-
आईसीसी च्याम्पियन्स ट्रफीबाट बाहिरियो इंग्ल्याण्ड
-
डोलेश्वरमा एकैदिन ६० हजारले गरे दर्शन
-
१२ बजे, १२ समाचार : नेपालमा पढ्न चाहने किटका विद्यार्थीलाई आवेदन खुलादेखि अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा नेपाल पराजितसम्म