गृह र उपराष्ट्रपति कार्यालयका सचिवको राजीनामा स्वीकृत
गृह मन्त्रालयका सचिव प्रेमकुमार राई र उपराष्ट्रपति कार्यालयका सचिव रामकुमार आचार्यको राजीनामा स्वीकृत भएको छ । २२ माघदेखि सेवानिवृत्त हुने क्रममा रहेका सचिवद्धय राई र आचार्यले दिएको राजीनामा सरकारले स्वीकृत गरेको हो ।
गृह सचिव राईको राजीनामा २० माघदेखि लागू हुनेगरी स्वीकृत गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । उपराष्ट्रपति कार्यालयका सचिव आचार्यको भने केही दिन अघि नै राजीनामा स्वीकृत भइसकेको मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।
अर्थ मन्त्रालयका सचिव राजन खनाल र नेपाल ट्रस्टका सचिव गजेन्द्र ठाकुरको पदावधि २२ माघमा सकिने भए पनि उनीहरूले भने राजीनामा दिएका छैनन् । खनाल र ठाकुर २२ माघदेखि नै स्वतः पदमुक्त हुनेछन् । यससँगै २२ माघदेखि निजामती क्षेत्रमा चार सचिव पद रिक्त हुने भएको हो । हाल एक सचिव पद रिक्त छ । प्रधानमन्त्री कार्यालयका सचिव अनिल ठाकुर सेवा निवृत्त भएपछि सो पद पनि रिक्त रहँदै आएको छ । सो पदसहित पाँच सचिव पद रिक्त हुने अवस्थामा पुगेको हो । यो समाचार आजको राजधानी दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालकाे कम्युनिस्ट आन्दोलन एकताबद्ध बनाउन केपी ओलीलाई विद्या भण्डारीको सुझाव
-
खाना पकाउने तेलले तपाईंको स्वास्थ्यमा कस्तो पारिरहेको छ असर ?
-
प्रचण्डले बोलाए पदाधिकारी बैठक
-
रास्वपाको कार्यवाहक प्रवक्तामा झा फर्किए
-
इजरायल-जोर्डन सीमामा गोली चल्दा एक भारतीयको मृत्यु
-
मेस्सीको अनुपस्थितिमा स्वारेज चम्किएपछि इन्टर मियामीको शानदार जित