शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

लात्तीले सिंह पनि मार्न सक्ने जिराफ

आइतबार, १९ माघ २०७६, ०६ : ०४
आइतबार, १९ माघ २०७६

जिराफ संसारकै सबैभन्दा अग्लो प्राणी हो । जिराफ जिराफाइड न्ष्चबााष्मबभ समूह अन्तर्गत पर्दछ । त्यसलाई जिराफा क्यामेलोपार्डालिस् न्ष्चबााब अबmभयिउबचमबष्कि भनेर वर्गीकरण गरिन्छ । यो सुख्खा वातावरण भएको ठाँउमा बस्ने गर्छ । यसको मुख्य बासथलो अफ्रिकाको सहारा मरुभूमिमा हो । यसको औसत उचाई करिब १७ फिट (५.३ मिटर) हुन्छ । जिराफको जिब्रो पनि करिब ४० सेन्टिमिटर लामो हुन्छ । यही लामो जिब्रोको मदतले यसले सजिलैसँग अग्लो रुखहरुको पातहरु खाने गर्छ । यसले आफ्नो ओँठको मदतले पनि रुखबाट पातहरु चुड्ने गर्छ । त्यसको प्रमुख खानेकुरा आकिया नामक रुखका पातहरु हुन् ।

अरु स्तनपायी जनवारहरुको जस्तै जिराफको घाँटीमा पनि सातवटा नै हाडहरु हुन्छन् । तर अरु जनवारहरुको तुलनामा यसको घाँटीमा धेरै मांसपेशी हुन्छन् । त्यसलाई थाम्नका लागि त्यसको हाडहरु लामा हुने गर्छन् । लामो घाँटी भएको कारण जिराफको टाउको र मुटुको दूरी पनि अरु जनवारहरु भन्दा धेरै हुन्छ । त्यही भएर त्यसको मुटु र रगत बोक्ने नसाहरु विशेष तरिकाले बनेका हुन्छन् । त्यसका नसाहरुले धेरै लामो दूरीसम्म रगतहरु बोक्न सक्छन् । यही कारणले गर्दा जिराफको दिमागमा सही मात्रामा रगत पुग्ने गर्छ । यसको गन्ध थाहा पाउने शक्ति, सुन्ने शक्ति र देख्ने शक्ति अति नै राम्रो हुन्छ ।

जिराफको छालाले बनेका दुईदेखि चारवटा सिंग पनि हुन्छन् । त्यसको छालको रंग खैरो हुन्छ । छालामा गाढा खैरो रंगका धब्बाहरु हुन्छन् । हरेक जिराफको आफ्नो छुटै प्रकारको धब्बाहरुको बनावट हुने गर्छ । त्यो धब्बाको रंग रुखहरुको हाँगासँग मिल्ने गर्छ । यो नै जिराफको एउटा प्रमुख रक्षा कवच पनि हो । किनभने, रुखको हाँगाको रंगसँग मिल्ने भएकोले शिकारी प्राणीबाट बच्न यसलाई सहयोग पुग्छ ।

बुढो हुँदै जाँदा जिराफको छालको रंग पनि गाढा हँुदै जान्छ । एउटा जिराफको औसत आयु करिब २६ दखि ३६ वर्षसम्म हुने गर्छ । जिराफ औसत ५६ कि.मी प्रतिघण्टाको दरले कुद्न सक्छ । यसको औसत तौल करिब ८०० केजी हुन्छ । त्यही भएर यो ओसिलो ठाँउ वा खोलको किनार नजिक बस्न सक्तैन । यसलाई खोलाहरु तर्न पनि निकै गाह्रो हुने गर्छ ।

अफ्रिकामा बस्ने अन्य शाकाहारी जनवारहरु सुख्खा मौसममा खानाको खोजीमा एक ठाँउदेखि अर्को ठाँउतिर यात्रा गर्छन् । तर जिराफ भने कहिल्यै पनि यात्रा गर्दैन । किनभने त्यसले आफ्नो सम्पूर्ण खाना केवल पातबाट नै पाउने गर्छ । फेरि यो जनावर महिनौंसम्म पनि पानी नखाई बस्न सक्छ । आकारमा ठूलो भए पनि कराउँदा भने त्यसले एकदमै सानो आवाज निकाल्ने गर्छ । रमाइलो कुरा के छ भने, जिराफ उभिएको उभिए नै गरेर सुत्ने गर्छ । जिराफको प्रमुख शत्रु भनेकै सिंह हो । सिंहले आक्रमण गर्दा बचावट गर्नको लागि यसले आफ्ना ठूला खुट्टाहरुको मदतले हिर्काउने गर्छ । जिराफको खुट्टाको प्रहार निक्कै शक्तिशाली हुने गर्छ । ठीकसँग लाग्यो भने जिराफले हिर्काएकोे लातले एउटा सिंहलाई मार्न पनि सक्छ ।

जिराफ प्रायः एक्लै बस्ने गर्छ । तर कहिले काहीँ यो जनावर समूहमा पनि मिलेर बस्ने गर्छ । एउटा समूहमा  २ देखि १० वटासम्म जिराफ हुने गर्छ ।  समूहको अगुवाई सबैभन्दा बलियो भाले जिराफले नै गर्ने गर्छ । भर्खरै जन्मेको जिराफको बच्चा करिब १.७ देखि २ मिटर सम्म अग्लो हुन्छ । जन्मेको करिब २० मिनेटमा नै त्यो आफ्नो खुट्टामा उभिन सक्छ ।  जिराफलाई त्यसको छालाको लागि मारिने गरिन्छ । त्यही भएर संसारमा अहिले यसको संख्यामा निकै कमी आएको छ ।

Title Photo: https://i.ytimg.com

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप