शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँको रानीवनमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

शनिबार, १८ माघ २०७६, १३ : ००
शनिबार, १८ माघ २०७६

काठमाडौँको नागार्जुन नगरपालिका–१ रानीवनमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । नागार्जुन नगरपालिका–१ स्थित सडकमा शुक्रबार साँझ बा१ख ६६४५ नंको बसले बा ८५ प १४९३ नंको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक धादिङकी ४८ वर्षीय लीला घलेको घटनास्थलमै मृत्यु भएको हो । 

    दुर्घटनामा स्कुटर चालककी २६ वर्षीय छोरी प्रमिला घले गम्भीर घाइते भएकी छन् । गम्भीर घाइते घलेको मनमोहन अस्पताल स्वयम्भूमा उपचार भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप